दयाराज न्यौपाने
पाल्पा ÷ राष्ट्रिय युवा संघ नेपाल बगनासकाली गाउँ कमिटीको दोश्रो अधिवेशन बगनासकाली १ चिलाङ्दीमा बुधबार सम्पन्न भएको छ ।

अधिवेशनले कमल अर्यालको अध्यक्षतामा ३१ सदस्यीय कमिटीको पुनर्गठन भएको हो जसको उपाध्यक्ष जनक गाहा,सपना ढकाल कुंवर,सचिवमा श्रीबहादुर कुंवर,कोषाध्यक्षमा सुरज रेग्मी र सह सचिवमा निर्मल गाहा रहनु भएको छ । अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमाले पोलिट्व्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले एमाले देशको पहिलो शक्ति भएको बताउनु भएको छ । उहाँले पछिल्लो निर्वाचननले समेत त्यसलाई प्रमाणीत गरेको उल्लेख गर्नु भयो हो । उहाँले युवाहरुको सहि सक्रियताले हरेक मुस्कील काम सहज हुने समेत उल्लेख गर्नु भएको थियो ।
अधिवेशनमा नेकपा एमाले प्रदेश सदस्य टीकाबहादुर थापाले हरेक बेला संघर्षरत रहनु नै युवाको पहिचान भएको बताउदै रचनात्मक काममा लाग्न आग्रह गर्नु भयो । उहाँले देशको बाघडोर सम्माल युवा तयार हुनुपर्ने समेत जोड दिनुभयो ।
नेकपा एमाले जिल्ला सदस्य तथा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले युवाले गरेको काम सफल हुने गरेको उल्लेख गर्नु भयो । उहाँले सामाजिक क्षेत्रको नेतृत्व समेत गर्ने आग्रह गर्नु भयो । एमाले गरेको काम प्रचारप्रसारमा कमी भएको बताउदै कामको प्रचार समेत आवस्यक रहेको र त्यसमा चनाखो बन्नु आग्रह गर्नु भयो । कार्यक्रममा नेकपा एमाले बगनासकालीका नि वर्तमान अध्यक्ष तथा गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक, नि वर्तमान सचिव तथा वडाध्यक्ष ओमप्रकाश गैरे लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

राष्ट्रिय युवा संघ बगनासकाली गाउँकमिटीका अध्यक्ष डेन्जिङ रायमाझीले आफ्नो २ वर्षीय कार्यकालमा हरेक युवालाई संगठित गरेको,वडा अधिवेसन सम्पन गरेको, २ वटा निर्वाचनमा सक्रिय सहभागिता जनाएको बताउदै युवाहरको सवालमा चनाखो बन्दै संगठनको काम र रचनात्मक काममा निरन्तर लागि परेको बताउनु भएको थियो । नव निर्वाचित अध्यक्ष कमल अर्यालले युवाका सवालमा चनाखो बन्दै संगठन र सामाजिक कामको नेतृत्व लिने प्रतिवद्धता जनाउनु भएको थियो । अधिवेसन राष्ट्रिय युवा संघ बगनासकाली गाउँकमिटीका सचिव अर्जुन गैरेलेको संचालन राष्ट्रिय युवा संघ बगनासकाली गाउँकमिटीका उपाध्यक्ष बिष्णु तिमिल्सिनाको स्वागत तथा अध्यक्षतामा सम्पन्न भएको हो ।





















