दयाराज न्यौपाने
पाल्पा ÷सिमिट नेपालको सहयोग तथा शिवासन कृषि सहकारी संस्थाको पहलमा बगनासकालीका किसानलाई ५०प्रतिशत अनुदानमा कृषि औजार,त्रिपाल वितरण गरिएको छ । बगनासकाली ८ का अध्यक्ष,सिमिट नेपालका प्रतिनिधि,पत्रकारको उपस्तिथिमा बुधबार यहाँका किसानलाई १० थान सिड्रोल ड्रम,१०० थान त्रीपाल तथा ढैचा र मुङ्ग निःशुल्क हस्तान्तरण गरिएको बिमला बस्यालले जानकारी दिनुभयो । किसानको बढ्दो मागलाई क्रमश पूरा गर्न पहल गर्ने सहकारीका अध्यक्ष पशुपति बस्यालले बताउनुभयो ।
किसानको माग र आधुनिक तरिकाले खेतिपाति गर्न आवश्यक सामग्री तथा तालिमका लागि संसथा मार्फत पहल भएको समेत बताउनु भयो । सिमिट इन्टरनेशनल संस्थाका परामर्शदाता उपेन्द्रराज जोसीले किसानलाइ कृषिमा व्यवसायिक बनाउन नेपाल मल तथा बिउ परियोजनाले बिभिन्न तालिम दिने उपकरण तथा बिउ बिजन बितरण गर्ने गरेको बताउनु भएको थियो ।
उहाँले करिव ३ लाख रुपैयाँ बराबरको सामान वितरण गरेको समेत बताउनु भयो । अनुसन्धान प्राविधिक सुरक्षा आर्चायले परियोजनाले पाल्पा सहित १० जिल्लामा काम गरेको बताउदै पाल्पामा शिवासन कृषि सहकारी मार्फत काम भएको बताउनु भयो ।
उहाँले धान गहु, मकै लगाएत कृषिमा प्राविधिक सहयोग उपलव्ध गराउने समेत जानकारी दिनु भयो ।
सामग्री वितरण गदै बगनासकाली ८ का वडाध्यक्ष मोतीलाल बस्यालले वडाका किसानलाइ व्यवसायिक बनाउन वडाले पहल गरिरहेको बताउनु भएको छ ।
उहाँले यस क्षेत्रलाइ छनोट गरि सामग्री प्रदान गरेको संस्थालाइ आभार व्यक्त गर्नु भएको थियो । ।अगामी दिनमा सिमिट नेपालले यस ठाँउका लागि यस्तै सहयोग र साथ दिने सहयोगी सँस्थाले प्रतिवद्धता समेत जनाएको छ । वितरण समारोह शिवासन सहकारी संस्थाका सचिव खेमबहादुर कुंवरको संचालनमा चलेको हो ।





















