दयाराज न्यौपाने
पाल्पा – बगनासकाली गाउँपालिकामा प्रजनन स्वास्थ्य रुग्णता व्यवस्थापन तथा निःशुल्क बृहत स्वास्थ्य शिविर सुरु गरिएको छ ।
टोल तथा बस्तिहरुमा रहेका महिलाहरुको स्वास्थ्य सम्बन्धी विभिन्न किसिमको समस्याहरुलाई समाधान गर्ने उदेश्यका साथ बगनासकाली गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

शिविर स्वास्थ्य चौकी खानीछाप बाटबाट सुरु गरिएको र हाल सम्म बराङ्दी,खानीगाउँ,यम्घा,दर्लमडाँडा र चापपानीमा सम्पन सम्पन भएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताउनु भयो । उहाँले हालसम्म १३ सय ८२ जनाले सेवा लिएको समेत जानकारी दिनु भयो । शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच गरिएको छ भने आङ खस्ने रोगको प्राथमिक उपचार र परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट,आयुसिडी प्रयोग सम्बन्धी सहित प्रयोगशाला सहितको सुबिधा प्रदान गरिएको छ ।

प्रतिनिधि सभा सदस्य ठाकुर गैरेको प्रमुख आथित्यतामा शिविरको शुभारम् भएको थियो । आगामी बैशाख २३ गते सम्म बाकी सञ्चालन हुने शिविरको शुक्रबार नायर नायरनमतलेस् शनिबार चितुङ्धारा र २३ गते पोखराथोक स्वास्थ्य चौकीमा पुगेर पुगेर टुङ्गिने स्वास्थ्य शाखा सह संयोजक नोदप्रसाद बस्यालले बताउनुभयो ।

गाउँपालिकाका नागरिकको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको सोही अनुरुप विभिन्न प्रकारका शिविरहरु सञ्चालन गरि नागरिकहरुलाई सेवा प्रवाह गरिरहेको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । गाउँघरमा अझै पनि प्रजनन स्वास्थ्य सम्बन्धि जटिल समस्या रहेको बताउँदै उहाँले आगामी दिनहरुमा टोलटोलमा विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराईने बताउनुभयो । बगनासकाल िगाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले जनताको कामलाइ पहिलो प्रतामिकतामा राख्दै काम गरिएको बताउनु भयो ।

गाउँ तथा टोलका नागरिकहरुको पहुँचमा सबै प्रकारको सेवा पुर्याउने लक्ष्य अनुरुप यो शिविर संचालन भएको प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले बताउनु भयो । लुम्बिनी मेडिकल कलेज प्रभास,युनाइटेड मिसन अस्पताल तानसेन र नेपाल परिवार नियोजन संघ पाल्पाको प्राविधिक सहयोगमा शिविर संचालन भैरहेको छ । बगनासकाली गाउँपालिकाका प्रतेक स्वास्थ्य चौकीका कर्मचारीहरु सहितले शिविरमा सेवा प्रदान गरिरहनु भएको छ ।





















