दयाराज न्यौपाने
पाल्पा- बगनासकाली गाउँपालिकाका विभिन्न स्थानमा बनेका पिच बाटोको अनुगमन गर्ने कार्यलाई गाउँपालिकाले तीव्रता दिएको छ ।


संघ,प्रदेश र पालिकाबाट निर्माणमा चलिरहेको बराङ्दी देउराली बाटो, दरुङा दर्लम मोटरबाटो लगाएतका ठाउँमा बनेका सडक, ढल र नालाको प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल, इन्जिनियर प्रमोद कुंवर,पत्रकारलगाएतले अनुगमन गर्नु भएको हो ।


बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले गाउँ पालिकाको योजना अनुरुप सबै वडा बस्ती अनुगमनका क्रममा समय सीमाभित्रै तोकीएका योजना सम्पनको चरणमा रहेको र बाकी सडक सम्पन्न गर्न निर्देशन दिनुभयो । दर्लमडाडाँस्थित दरुङ्गाचोक हुदैँ दर्लमकाली मन्दिर सम्म बन्दै गरेको  पिच बाटो र बराङ्दीस्थित डोडाँडाडा मोतीगैरा हुदै देउरालीरोडमा बनेको किलोमिटर पिच बाटाको अध्यक्ष,उपाध्यक्ष सहितले अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा अध्यक्षले कतिपय ठाउँमा मापदण्ड पुरा नभएकोे गुनासो आएको र पिच भैरहेका ठाउँमा अध्यक्ष आफैँले पुन नाप जाच गराउनु भएको थियो ।


गाउँपालिकाका उपाध्यक्ष हरीप्रसाद पाठकले बगनासकाली गाउँपालिकाले हरेक योजना बनाउदा जनताको आवस्यतालाइ प्राथमिकतामा राखेर बनाएकोकारण योजना संचालन प्रभावकारी भएको बताउनु भयो ।बगनासकाली गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत बद्रिनाथ लम्सालले तोकीयको समय सीमा भित्र काम सम्पन गराउन आफु लागि परेको बताउनु भएको छ । त्यसको लागि अनुगमन,छड्के जाचलाइ तीव्रता दिएको बताउनु भयो । बगनासकाली गाउँपालिकाका इन्जिनियर प्रमोद कुंवरले १ किलो मिटर काम सम्पन भएको र अव २ किलो मिटर पिच केही दिनमा सम्पन हुने बताउनु भयो ।


निर्माण व्यवसायी राजन श्रेष्ठले समय सीमाभित्रै योजना अन्तर्गत परेका ढल,नाला र सडक पिच गर्ने कार्य द्रुत गतिमा अगाडि बढिरहेको र समयमै सम्पन हुने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0