दयाराज न्यौपाने

ठिमुरे स्वास्थ्यचौकीको सामाजिक परीक्षण सम्पन्न
पाल्पा÷ ठिमुरे स्वास्थ्यचौकीको सामाजिक परीक्षण आइतबारसम्पन्न भएको छ ।

रिब्दीकोट गाउँपालिकाको सहयोग र पिपुल्स क्रियसन प्रा.लिको सहजीकरणमा रिब्दीकोट गाउँपालिका ६ ठिमुरेको सामाजिक परीक्षण सम्पन्न भएको हो ।

सामाजिक परीक्षक दयाराज न्यौपाने र पत्रकार बिजय बौडेलले सहजिकरण गरेको कार्यक्रममा जारी गरिएका प्रतिबद्धताहरुमा स्वास्थ्य संस्थामा उपचार गर्न आउने सेवाग्राहिलाई प्रोत्साहनका लागि सूचकहरु तयार गरी कार्यान्वयन गर्ने, सुबिधा सम्पन्न भवन र वर्थिङ्ग सेन्टर बनाउन पहल गर्ने, सचेतना मुलक कार्यक्रम संचालनका लागि वडा कार्यालयले योजना तथा कार्यक्रम बनाउने, स्वास्थ्य संस्थामा आम नागरिकको पहुंच बढाउन जनचेतनामुलक कार्यक्रम संचालन गर्ने, स्वास्थ्य संस्थामा स्वस्थ खानेपानीको व्यवस्थापन गर्ने माग रहेका छन् ।


स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष प्रकाश रायमाझीले जनताको स्वास्थ्यमा आफू गंभिर भएको बताउदै माग भएका योजनाहरु कार्यन्वयन गराउन लागि पर्ने प्रतिवद्धता समेत जागर गर्नुभएको थियो ।

वडा सदस्य, शिक्षक, राजनीतिदल,आमासमूह,महिला स्वास्थ्य स्वयंसेविका,कर्मचारी,संघसंसथाका प्रमुख तथा प्रतिनिधिहरुलगायतको कार्यक्रममा सहभागिता रहेका थियो । स्वास्थ्यचौकीको सेवा सुविधाको वारे स्वास्थ्य चौकी इन्चार्ज राधिका छहरीले प्रस्तुतिकरण गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0