दयाराज न्यौपाने

पाल्पा÷तानसेनमा रहेको बेथल वोर्डिङ स्कुलका विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर,पूर्वखोला गाउँपालिका ६ देवीनगरका विद्यार्थीलाइ पोषाक वितरण गरका छन् । स्कुलमा अध्ययनरत जुनियर रेडव्रmस सर्कलका विद्यार्थीले संक्लन गरेको रकमले विद्यालयलाइ सहयोग गरेका हुन् ।


देवीनगरको बेसर्घा स्थित कमलादेवी प्राथमिक विद्यालयमा विश्व रेडव्रmस दिवसको अवसरमा जुनियर रेडव्रmस सर्कल(बेथलवोर्डिङ्ग स्कुल)ले विद्यालय पोषाक वितरण गरेको हो । बेथल इङ्लिस वोर्डिङ्ग स्कुलमा रहेका विभिन्न सोसल विङ्सहरु मध्येको जुनियर रेडव्रmस सर्कलले कमलादेवी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोषक(ट्रयाक सुट) वितरण गरिएको हो ।

पोषाक हस्तान्तरण गर्दै प्रमुख अतिथि रेवती घर्तीले सर्कलका विद्यार्थीहरुले विद्यार्थीहरुप्रति देखाएको सहयोग र सद्भाव प्रशंसनीय रहेको बताउनु भयो । उहाँले विद्यार्थीहरुलाई राम्रो कार्य सिकाई रहेको विद्यार्थीहरुको सामाजिक उत्तरदायित्व विकासकालागि विद्यालय अग्रसर रहेकोमा बेथल स्कुल परिवारलाई धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो ।
बेथलस्कुलका प्रशासनिक इन्चार्ज सुदर्शन पाण्डेले विद्यार्थीहरुलाई सामाजिक सेवाभावनाको विकास र सामाजिक उत्तरदायित्वप्रतिको बोध गराउनको लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।सर्कलले विगतदेखि नै सामुदायिक विद्यायमा पढ्ने दृष्टिविहिन तथा अल्पसंख्यक समुदायका विद्यार्थीहरुलाई न्यानो कपडा,शैक्षिक सामाग्री,रेडियो सेट प्रदान गर्दै आएको प्रशासनिक इन्चार्ज पाण्डेले बताउनु भयो । उहाँका अनुसार सर्कलले मृगौला पीडित, बाढी पीडित,भुकम्प पीडित लगायतका सामाजिक कार्य गदै आएको र आर्थिक सहयोग समेतगर्दै आएको बताउनु भयो ।


कार्यक्रमको बारेमा प्रकाश पादै बेथल स्कुलमा कक्षा १० मा अध्यनरत सभ्यता पराजुलीले बेथल वोर्डिङ्ग स्कुलमा अध्ययरत विद्यार्थीहरुले खाजा खाने पैसा बाट केही रकम बचाएर संकलन गरेको रकम र जुरेस सदस्य तथा शिक्षकहरुबाट स्वच्छिक रुपमा संकलन गरिएको रकम बाट पोषाक सहयोग गरेको बताउनु भयो ।


प्रमुख अतिथि तथा पूर्वखोलागाउँपालिकाकाकार्यपालिका सदस्य रेवती घर्ती विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर सारु,अतिथिहरु धनिसरा डाला,रनबहादुर सारु, बेथलजुनियर रेडव्रmस सर्कल, बेथल स्काउट, बेथलबालक्लब, हाउस क्यप्टेनहरु लगायतले उक्त पोषाक विद्यार्थीहरुलाई हस्तान्तरण गर्नुभएको हो ।


बेथल जुनियर रेडव्रmस सर्कलकी अध्यक्ष हिमानी गाहाको अध्यक्षता र सचिव लुविशा चिदीको सञ्चालनमा पोषाक वितरण कार्यव्रmम भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0