दयाराज न्यौपाने
पाल्पा बैशाख २९ -बगनासकाली गाउँपालिकाको आयोजनामा बगनासकाली गाउँ पालिका स्तरीय बाल संजाल पुनर्गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

बाल भेलालाइ संबोधन गर्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदिले बाल संजालको विकास गर्दै बाल मैत्री कार्यक्रमलाई प्रभावकारी बनाउन संन्जाल सक्रिय बन्नु पर्ने बताउनु भएको छ । उहाँले वडामा बजेट निर्माण प्रक्रियामा बालबालिकाको भुमिका सुनिस्चित गरेको समेत बताउनु भयो ।अधिकार सम्पन्न र योग्य नागरिक बनाउने चाहना अनुरुप बाल संजाललाई अगाडि बढाइएको समेत बताउनु भयो ।बाल बिवाहा चुनौती रहेको बताउदै संजालले न्यूनीकरणको लागि अगुवाइ गर्ने तर्फ ध्यान दिन समेत आग्रह गर्नु भएको थियो ।

भेलामा गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले बाल बालिकाको संरक्षण र अधिकारका बिषयमा पालिका निरन्तर लागेको बताउनु भएको छ ।शिक्षा शाखा प्रमुख गुनाराम खनालले शैक्षिक विकासमा बाल मैत्री कार्यक्रमको महत्त्वपूर्ण भूमिका हुने बताउदै त्यसमा काम गरेको बताउनु भयो । कार्यक्रममा संजालका पुर्व अध्यक्ष ,इन्दु गाहा,अभिषेक बिक
पुर्व सदस्य खुमबहादुर दर्लामी,अमित बस्याल वन प्राविधिक सागर बस्याल लगाएतले बालबालिकाको विकासमा पालिकाले गरेको पहल स्रहानियरहेको बताउनु भएको छ ।

भेलाले सचिन न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा रिमा न्यौपाने ,सचिव सोनि राना,कोषाध्यक्ष विषम बस्याल र सह सचिवमा निस्मा बस्याल रहनुभएको छ।
बाल मैत्री कार्यक्रमलाई निरन्तर सफल बनाउदै जाने उदेश्यले पालिका स्तरीय संजाल पुनर्गठन गरेको बगनासकाली गाउँपालिकाका बाल कल्याण अधिकारी नारायण तिमिल्सिनाले बताउनु भयो ।

९ वटै वडाका ६० भन्दा बढि बालबालिकाहरुको उपस्थिति रहेको अभिमुखिकरण कार्यक्रमको सहजीकरण पत्रकार दयाराज न्यौपाने तथा बाल कल्याण अधिकारी नारायण तिमिल्सिनाले गर्नुभएको थियो ।





















