दयाराज न्यौपाने
पाल्पा सेन माध्यमिक विधालय तानसेन ६ पाल्पाको ५६ औ वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ ।
समारोहका प्रमुख अतिथि पाल्पा क्षेत्र नम्बर २ का सांसद ठाकुर गैरेले शिक्षाको तहगत रुपमा भएको असमान्ताले शिक्षक र समग्र शिक्षाको विकास हुन नसकेको बताउनु भएको छ । उहाँले अहिले पनि २०२८ सालको पुरानो कानुन नै प्रयोग भएको उल्लेख गर्दै यस्ले नया जागरण ल्याउन अबरोध गरेको बताउनु भएको छ । संसदमा शिक्षा ऐन पास गर्ने पहल गरि रहेको तर बन्न नसक्नु दुःखद रहेको समेत बताउनु भएको छ । शिक्षालाई मौलिक हकमा लेखिएको भएपनी कानुनको अभावमा कार्यान्वयन कमजोरी भएको बताउनु भएको छ । उहाँले शिक्षालयमा हुने राजनीतिककरणलाई अन्त्य गर्ने आफू पनि लागेको बताउनु भएको छ । उहाँले पछिल्लो समय सेन माविले गरेको प्रगतिमा अभिभावक र शिक्षकको भुमिका निकै स्रहानिय रहेको समेत बताउनु भएको छ । वार्षिकोत्सब समारोहमा बिशिस्ट अतिथि प्रदेश सदस्य इन्द्राकुमारी गहतराजले विधालयले शैक्षिकक्षेत्रमा गरेको योगदान अतुलनीय रहेको बताउनु भएको छ । उहाँले आफू शिक्षाको विकासका लागि निरन्तर अभियानमै लागेको बताउनु भएको थियो ।
विधालयको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक भिमलाल बस्यालले १ करोड ९२ लाख ४१हजार रुपैयाँ बराबरको आय व्यव विवरण प्रस्तुत गर्दै ९६ वटा अक्षयकोष मार्फत १९ लाख ३६ हजार रुपैयाँ रहेको समेत बताउनु भएको थियो । उहाँले १ कक्षा देखि १२ सम्म अध्यापन हुँदै आएको जानकारी दिनुभयो । समारोहमा तानसेन नगरपालिका निमित्त प्रमुख कोशलराज घिमिरे, विधालयका संस्थापक सदस्य द्वारिका शर्मा, पूर्व प्रधानाध्यापक चक्रपाणि गौतम,धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेल,पप माध्यमिक विधालय तानसेनका प्रधानाध्यापक सन्तवीर बराल, पूर्व शिक्षक सुर्य बोहरा, शिक्षक अभिभावक संघका अध्यक्ष भरत खड्की, विधार्थी कृष्टिना राना लगाएतले विधालय क्रमश प्रगतिको पथमा लागेको देख्दा खुशी लागेको बताउनु भएको थियो ।पछिल्लो समय विधालयमा भएक असल कर्मले नै यो अवस्था सुधार भएको बताउदै निरन्तर अगाडि बढ्न आग्रह समेत गर्नु भएको थियो ।सोहिदिन विभिन्न व्यक्तिहरु बाट ४ वटा अक्षयकोष स्थापन मार्फत १ लाख ५० हजार रुपैयाँको कोष निर्माण भएको छ ।सो अवसरमा विधालयमा उत्कृष्ट कार्य सम्पादन गर्नु भएका शिक्षक भोजराज थापा, नुरराज गैरे र पिताम्बर रानालाई सम्मान पत्र करुवाले सम्मान गरिएको थियो। भने कवडी तर्फ तानसेन नगरपालिका प्रथम भएका छात्राको समुहलाई शिक्षक नुरराज गैरेले सम्मान स्वरुप नगद ५ हजार रुपैयाँ प्रदान गर्नु भएको थियो ।
विद्यालयको जेहनदार विद्यार्थीहरुलाई पुरस्कार बितरण गरीएको थियो भने विधार्थीहरुले सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।कार्यक्रममा अभिभावक, समाजसेवी, चन्दादाता, विभिन्न संघ संस्थाका प्रतिनिधि, पूर्व शिक्षक, छिमेकी विद्यालयका प्रधानाध्यापक, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।
समारोह विधालय व्यवस्थापन समितिका सदस्य कमलराज तिमिल्सिनाको स्वागत मन्तव्य, शिक्षक हरिबहादुर कुवरको संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा समारोह चलेको थियो ।