दयाराज न्यौपाने
पाल्पा नेकपा एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती मगर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।पार्टीको १० औं जिल्ला अधिवेशनले घर्ति मगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।


दुई दिनसम्म चलेको अधिवेशनले पाँच पदाधिकारीसहित १०१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो । १० औं जिल्ला अधिवेशनबाट जिल्ला उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल(भोजराज) उप–सचिवमा दिपक विश्वकर्मा र महिला उप–सचिवमा मिना जिसीचयन हुनुभएको हो ।यसैगरी जिल्ला कमिटी सदस्यमा दलिततर्फ ८ जना, जनजातीमा ८ जना, ४० बर्ष भन्दा मुनी उमेरका युवा १६ जना चयन भएका छन् । यसैगरी महिला खुलामा ४ जना, मजदुर १ जना, अल्पसंख्यक १ जना, अपाङ्ग १ जना, मुस्लिम १ जना चयन भएका छन् । यसैगरी खुला पालिकातर्फ निस्दी, पूर्वखोला, माथागढी, बगनासकाली, रिब्दीकोट र रैनादेवीछहरा गाउँपालिकामा पाँच ÷पाँच जनाका दरले ३० जना, तिनाउ गाउँपालिकामा ३ जना, रम्भा गाउँपालिकामा ४ जना, रामपुर नगरपालिकामा ९ जना र तानसेन नगरपालिकामा १० जना जिल्ला कमिटी सदस्यमा चयन हुनुभएको हो । अन्तिम समय सम्म अध्यक्ष पदका लागि ओमबहादुर घर्ति मगर र रामजी पोखरेलले दावी नछोड्दा सर्वसम्मत नेतृत्वको लागि समय लम्विएको थियो । बर्तमान एमाले पाल्पाको नव निर्वाचित कमिटीमा सचिवमा पोखरेल र उप–सचिवमा विश्वकर्मा पुनः दोहोरिनु भएको हो ।


अध्यक्षमा निर्वाचित घर्तीमगर यसअघि एमाले जिल्ला कमिटिको सचिव र तिनाउ गाउँपालिकाको अध्यक्ष भइसक्नुभएको छ । अधिवेशनमा चार सय पाँच बढी प्रतिनिधि सहभागी भएका थिए । अधिवेशनले सांगठनिक प्रतिवेदन पारित गरेको छ । नव निर्वाचन अध्यक्ष ओमबहादुर घर्ती मगरले आफुले पार्टीलाइ एकताका साथ अगाडी बढाउने प्रतिवद्धता जनाउनु भएको थियो । उहाँले पाल्पामा एमालेलाइ बलियो शक्तिको रुपमा लैजाने समेत बताउनु भएको थियो । आजै अधिवेशन सकिएलगत्तै नयाँ जिल्ला कमिटीको सपथग्रहण पनि सम्पन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0