दयाराज न्यौपाने
पाल्पा जेठ १४ ÷पाल्पाको बगनासकाली गाँउपालिका पूर्णखोप तथा पूर्णसंंस्थागत प्रसुतिसेवायुक्त गाउँपालिका बनेको छ । सोमबार भएको कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले गाउँपालिकाका अध्यक्ष सरस्वती चिदिलाई पुर्णसंंस्थागत प्रसुतिसेवायुक्त तथा पुर्णखोप गाउँपालिका सुनिश्चितता भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
सभालाइ सामाजिक विकास मन्त्री खत्रीले स्वस्थ्य क्षेत्रको विकासमा चुनौती रहेको उल्लेख गर्दै जनप्रतिनिधि सहित सबैको सहयोग आवस्यकता रहेको बताउनु भएको छ । उहाँले स्वाथ्यको अवस्था कमजोर बन्दा समाजले प्रगति गर्ने नसक्ने बताउनु भएको हो। आमा र बच्चाको सुरुक्षामा उत्तिकै चासो दिनु पर्ने समेत बताउनु भएको छ । फरक प्रसंङ्मा उहाँले बिद्यार्थी कम विधालय धेरै भएका सामुदायिक विधालयलाइ स्थानीय तहले मर्च गर्ने सक्नु पर्ने बताउनु भएको छ । राज्यको व्यहभार समेत कम हुने हुदा त्यस तर्फ प्रदेश सरकार लागि परेको बताउनु भएको हो उहाँले आमामी नीति तथा कार्यक्रममा समेट्ने गरि १ विधालय १ स्वास्थ्य कर्मिको अवधारणा तयार गरेको बताउनु भएको थियो । संघीयताको मेरुदण्ड नै प्रदेश भएको उल्लेख समेत गर्नु भएको थियो ।
बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदील उहाँले जनताको स्वास्थ्य सुधारमा निरन्तर लागेको बताउदै स्वस्थ जनता भएको पालिका बनाउने अभियान रहेको बताउनु भएको छ । आमा र शिसुको रक्षाका लागी गाउँसरकारले चालेका कदमलाई सफल बनाउन सहयोग गर्ने सवैलाई धन्यबाद दिनुभयो ।
।गाउँपालिकाका ९ वटै वडालाई प पुर्णसंंस्थागत प्रसुति घोषणा गरेपछि समग्र गाउपालिकालाई नै पुर्णसंंस्थागत गाउँपालिका घोषणा गरिएको गाँउपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले जानकारी दिनुभयो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिणाम अधिकारीले स्वास्थ्य संस्थामा नियमित गर्भ जाच गरी स्वास्थ्य संस्थामै सुत्केरी हुँदा आमा र शिशु दुबैको स्वास्थ्य राम्रो भएको बताउनुभयो ।
नियमीत गर्भ परिक्षण र स्वास्थ्य संस्थामै सुत्केरी भएको आधारमा गाँउपालीकालाई पुर्ण संंस्थागत सुत्केरी र खोपको आधारमा सुनिस्चीतता गाउँपालिकाको रुपमा घोषणा गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र गिरिले जानकारी दिनुभयो । स्वास्थ्य शाखाका उप प्रमुख नोदप्रसाद बस्यालले प्रतिवेदन प्रस्तुत गदै गत बर्ष गाउँपालिकाका २२१ जना सुत्केरीले नियमित स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्य संस्थामै सुत्केरी भएको बताउनुभयो । उहाँले १५ महिना भित्रका २६८जना १६ देखि २३ महिना सम्मका १५७ जना र २४ महिना देखि ५ वर्ष सम्मका ७१२ जना बालबालिकाले खोपको मात्र पूरा गरेको जानकारी दिनुभयो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी,बगनासकाली गाउँपालिकाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद बस्याल,बगनासकाली गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापा लगायतले स्वास्थ्य सँस्थामा नियमित परिक्षण र सुत्केरी भएरमात्रै नपुग्ने भन्दैत्यसपछि जन्मिने बच्चा र आमाको स्वास्थ्यमा ध्यान दिदै उनीहरुको भबिश्यका बारेमा पनि सबैको ध्यान जानुपर्नेमा जोड दिदै बगनासकाली गाउँपालिका पुर्णसंंस्थागत प्रसुतिसेवायुक्त गाउँपालिका बन्न सफल भएकोमा बधाई दिदै थप प्रगतिको कामना गरेका गर्नुभएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले गाउँपालिकाले थालनी गरेका सबै अभियान सफल बनाउन निरन्तर लागि परेको बताउनु भयो ।
पुर्ण संंस्थागत सुत्केरी गाउँपालिकाबनाउन महत्त्वपूर्ण योगदान गरेका विभिन्न सहयोगी संघ सस्था तथा विभिन्न ब्याक्तीहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो । सोही अवसरमा ११ जनासामुदायिक महिला स्वास्थ्य स्वमसेविकाहरुलइ नगद र सम्मान पत्र र दोसल्ला ओडाएर सम्मानजनक विदाइ गरिएको थियो ।