दयाराज न्यौपाने
पाल्पाको बगनासकाली गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटका विषयमा गाउँपालिकाले सुझाव संकलन गर्ने थालेको छ ।
गाउँपालिकाले पालिका भित्र रहेका गैर सरकारी संघ संस्था तथा साझेदारी संस्थासंग मंगलबार समन्वय बैठक गरि सुझाव संकलन गरेको हो ।

सामाजिक श्रोत विकास केन्द्रनेपालका कार्यकारी निर्देशक चोपलाल गिरी, कारितास नेपालका हरिश सिंह कँुवर,सिबिआर पाल्पा कृष्ण गहतराज,बगनासकाली पत्रकार समूहका अध्यक्ष भोजराज तिमिल्सिना लगाएतले गतवर्ष भएका काम र अगामी दिनमा गर्ने सकिने कामको बारेमा चर्चा गर्नु भएको थियो ।
बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले पालिकाको नीति तथा कार्यक्रमलाइ प्रभावकारी र अर्थपूर्ण बनाउन सुझाव संकल्न गरिएको र प्रविधिको प्रयोग मार्फत समेत सुझाव संकल्न गर्ने व्यवस्था मिलाएको बताउनु भयो । बगनासकाली गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले हरेक नागरिकको सुझावलाई ध्यानमा समावेश गर्ने गरि नीति तथा कार्यक्रममा समावेश गर्ने र कार्यान्वयन गर्ने समेत बताउन भयो । समन्वय बैठकको सहजीकरण गदै बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले पालिकाले केही दिन पछि आर्थिक वर्ष २०८१÷८२ का लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै छ । सोही सन्दर्भमा समन्वय बैठक गरि सुझाव संकलन गरिएको बताउनु भयो । उहाँले हरेक वर्षलाइ फलदायी बनाउने उदेश्य अनुसार गतवर्ष भएका कामका आधारमा थप व्यवस्थित बनाउन र आगामी वर्ष समावेश गर्ने सकिने योजनाहरु र कार्यक्रमलाइ प्रभावकारी कार्यान्वयन गराउन निरन्तर सहकार्यमा लागेको बताउनु भयो । समन्वय बैठकमा सहभागिहरुले महत्वपूर्ण सुझावहरू राख्नु भएको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0