दयाराज न्यौपाने
जेठ २५÷ कालिका आधारभूत विद्यालय बगनासकाली ९ चापपानसमा सञ्चालित १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन भएको छ । रोटरी क्लब अफ पाल्पा लुम्बिनीको आयोजना र लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाको प्राविधिक सहयोगमा स्कुल हेल्थ कार्यक्रम अन्तर्गत बालरोग तथा दन्तरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन भएको हो शिविरमा ५५ जना बढी बिद्यार्थीहरुले बालरोग तथा दन्तरोगको सेवा लिएका थिए । धेरै जसो बालबालिकाहरुमा पेटको समस्या,ग्याष्ट्रीक तथा दात किराले खाने समस्या पाइएको छ ।


शिविरको समापन कार्यक्रममा बगनासकाली गाउँपालिका ९ का वडाध्यक्ष थानेश्वर तिमिल्सिनाले मेडिकल कलेज रोटरीले स्वास्थ्य क्षेत्रमा गरेको योगदान महत्वपुर्ण रहेको बताउनु भएको छ । बालरोग बिशेषज्ञ डा. रमेश खड्काले खानपिनलाई मात्र ध्यान दिने हो भने रोग लाग्ने सम्भावना निकै कम हुने हुदा त्यस तर्फ सचेतना फैलाउन सबैले पहल गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो । उहाँले जङफुड खानाले बालबालिकाको स्वास्थ्य बिकराल समस्या ल्याउन सक्ने हुदा हरेक अभिभावकले ध्यान पु¥याउन अनुरोध गर्नु भएको थियो ।कालिका आधारभुत विद्यालयका अध्यक्ष हरि अर्यालले बालबालिकामा बढ्दो स्वास्थ्य समस्यालाई मध्य नजर गदै स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभयो ।

शिविरमा स्वास्थ्य परीक्षण गर्न आउने सम्पूर्णलाई निःशुल्क स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी उपलब्ध गराइएको थियो । भने रेफर भएर आउने बिद्याथीहरुलाइ मेडिकल कलेजले १० प्रतिशत छुटमा सेवा दिने जनाएको छ ।

रोटरी क्लब अफ पाल्पा लुम्बिनीका अध्यक्ष रमेश न्यौपानेले विद्यालयमा आएर सेवा दिन पाउदा निकै खुसी लागेको बताउनु भएको थियो । उहाँले आउँदा दिनहरुमा पनि आवस्यक ठाउँमा स्वास्थ्य शिविर लगायत अन्य विभिन्न सामाजिक कार्य गर्दै जाने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक जीवराज घिमिरले कालिका विद्यालयलाइ शिविरका लागि छनोट गर्नुभएकोमा रोटरी क्लब र लुम्बिनी मेडिकल कलेज सहित सहयोग गर्ने दाताहरुलाइ धन्यवाद ज्ञापन व्यक्त गर्नु भएको थियो ।
शिविरमा बाल रोग विशेषज्ञ रमेश खड्का र दन्तरोग बिशेषज्ञ बिनेक न्यौपाने सहित चिकित्सकहरुद्धारा स्वास्थ्य परीक्षण गरिएको थियो ।


कार्यक्रममा तानसेन ७ का वडाध्यक्ष प्रदिप खनाल,लुम्बिनी मेडकिल कलेजका सुजन कार्की लगायत स्थानीय समाजसेवीहरुको सहभागीता रहेको थियो । भने सोही अवसरमा विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाइ १ —१ थान दन्तमन्जन र ब्रस वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0