दयाराज न्यौपाने
पाल्पा जेठ ३२ ÷समुदाय प्रहरी साझेदारी अन्तर्गत शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि जिल्ला प्रहरी कार्यालय पाल्पाको आयोजना र बगनासकाली गाउँपालिकाको सहयोगमा लागुऔषध तथा साइबर सुरक्षा सम्बन्धी सचेतना अभियानको समापन गरिएको छ ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले पाल्पा जिल्लालाई अपराध गतिविधिमा कमि ल्याउन सचेतना मुलक कार्यक्रम प्रभावकारी हुने बताउनु भयो । उहाँले पछिल्लो समय समाजमा अपराधका घटना वृद्धि भएको उल्लेख गदै समाधान र न्यूनीकरणमा सबै क्षेत्रको सहयोगले अपिरिहार्य रहेको बताउनु भएको छ ।


बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले पालिकाले हरेक नागरिकको सुरक्षा र उनिहरुको हितका लागि प्राथमिकतामा राखेर नै एक महिने अभियान चलाएको बताउनु भएको थियो । उहाँले आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्ता समेत जनाउनु भएको हो । उहाँले प्रहरी साझेदारी कार्यक्रम निकै फलदायी रहेको समेत बताउनु भएको थियो ।


जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी अभियान अपरिहार्य भएको भन्दै नेपाल प्रहरीले अभियान सुरु गरेको बताउनु भयो ।उहाँले साइबर अपराधको घटना बढी सामाजिक सञ्जाल फेसबुकबाट, इमेल फ्रडबाट, लटरीको नाममा हुने गरेको बताउनु भयो । सचेतना अभियानलाइ समाजका अगुवाहरुले बढी ध्यानदिनुपर्ने कुरामा जोड दिनुभएको थियो । उहाँले पाल्पा जिल्लाका १० वटै स्तानीय तहमा सचेतना अभियान संचालन गर्ने समेत बताउनु भएको थियो ।


गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले पछिल्लो समय समाजमा देखिएको लागुऔषध,साइबर अपराध जस्ता समस्यालाइ यो अभियानले कमी ल्याउन सहयोग पुगेको बताउनु भएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले गाउँपालिकाका सम्पुर्ण वडा र १० वटा माध्यमिक विधालयमा लागुऔषध तथा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम संचालन भएको र आगामी दिनमा टोल विकास संस्थालाइ समेत समेटदै जाने गरि कार्ययोजना बनाएको बताउनु भएको थियो ।गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले समाजमा हुने अपराधीक घटनामा कमी ल्याउन प्रहरी साझेदारी कार्यक्रम सचालन गरेको बताउनु भएको थियो ।


प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बैशाख ९ गते बाट बगनासकाली गाउँपालिकाका १० वटा विद्यालयका ७ सय बढीले प्रत्यक्ष अभियानमा जोडिएको बताउनु भएको थियो । उहाँले समुदाय प्रहरी साझेदारी कार्यक्रमले सार्थकता पाएको बताउदै प्रहरीलाइ सूचना दिने कुरा लुकाउने भन्दा पनि सहयोग गर्ने बानीको विकास गर्ने अनुरोध समेत गर्नुभएको थियो ।

साइबर का्रईममा बगनासकालीको १५ बढी उजुरी परेको,आत्महत्याको घटना समेत बढदो दरमा रहेकोले दुव्र्यसनी,सडक सुरक्षा आत्महत्याका न्यूनीकरणका उपायलाइ थप प्रभावकारी बनाउदै जाने बताउनु भएको हो ।

अनलाईन बैङिक प्रक्रिया अन्लाईन सपिङ साइबर सामाजिक संजालको सुरक्षित प्रयोग,दुव्र्यसनी कानुनी परिणाम लगायतका बिषयमा विद्यालयहरुमा सहजीकरण गरिएको थियो ।समापन कार्यक्रममा जिल्ला सुरक्षा समितिका सदस्यहरु,विद्यालयका प्रधानाध्यापकहरु,विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु,पत्रकार,जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । भने सोही अवसरमा आत्महत्या केहो र कसरी उत्पन हुन्छ, पहिचान र त्यसको समाधानका विषयमा लुम्बिनी मेडिकल कलेजकी डा.समता नेपाल र लुम्बिनी मेडिकल कलेज पाल्पाका नर्सिङ शाखा प्रमुख शिखा पहारीले सहजीकरण गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0