दयाराज न्यौपाने
पाल्पा असार ४÷ प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले बजेट निमार्ण प्रक्रिया परम्परावादी भएको उल्लेख गर्नु भएको छ उहाँले सरकारले ल्याएको बजेट जति नै छलफल गरेपनि जस्ताको तस्तै पासहुने परम्परा कायम रहेको उल्लेख गर्नु भएको हो ।अव यसलाइ सुधार गरेर जानु पर्ने मागलाइ निरन्तर संसदमा उठान गरेको बताउनु भएको हो ।

बगनासकाली गाउँपालिका ८ बराङ्दीको १ तले वडा भवनको उदघाट्न गदै सांसद गैरेले विकासमा भएका समस्याहरुलाई सदनमा निरन्तर उठाउने काम गरेको उल्लेख गर्दै थप गर्नु पर्ने विषय उठाउदै जाने बताउनु भएको छ । सांसद गैरेले २०२८ सालदेखीका कानुनहरु भएको बताउँदै समय सापेक्ष परिवर्तन नभएसम्म नागरिकले नयाँ व्यवस्थाको प्रत्याभुति हुन नसकेको बताउनु भउको हो । उहाँले बन्यजन्तुहरुको कारण बसाई सराइ दरमा आएको अस्वाभाविक प्रक्रिया लाई रोक्न बन्यजन्तुको नियन्त्रण का लागि कानुन निर्माणका लागि सदनमा निरन्तर उठान गरेको बताउनु भएको छ । उहाँले पुराना कानुनले बाधाअड्चन पु¥याउने काम भैरहेकोले यस्को समाधान प्रमुख बिषय बनेको उल्लेख गर्नु भएको हो ।


समारोहमा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले भौतिक पुर्वधारमा पालिकालाई अब्बल बनाउने अभियान सफल हुँदै गएको बताउनु भएको छ ।उहाँले विकास निर्माणमा बराङ्दीले राम्रो फड्को मारेको बताउदै क्रमश सबै बाटा निर्माण सहज बनाउन लागेको बताउनु भयो । उहाँले सुशासन सहितको सेवामा पालिका निरन्तर लागेको बताउदै सल्लाह सुझाव लाई समेटदै जाने बताउनु भयो। सबै दलको एकताका साथ काम गरिरहेको उल्लेख गर्दै अध्यक्ष चिदीले विकास निर्माणमा महिलाहरुले नेतृत्व गरेको उपभोक्त समितिले सबै भन्दा छिटो गरेको उल्लेख गर्नु भएको थियो ।

कार्यक्रममा
नेपाल निजामती कर्मचारी संगठन पूर्व केन्द्रीय अध्यक्ष गणेशप्रसाद बस्यालले विकासमा निरन्तर लागेको बताउदै आगामी दिनमा समेत यस क्षेत्रको विकासमा लाग्ने बताउनु भयो ।कार्यक्रममा बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले कामको गतिलाइ तिव्रता दिदै संघ प्रदेश र स्थानीय तहको समन्वयमा काम गरिरहेको बताउनु भयो । गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कमलराज तिमिल्सिना, कार्यपालिका सदस्य उमकला अर्याल,पूर्व जिबिस सदस्य पोषकान्त बस्याल, लेखनाथ अर्याल, नेकपा एमाले बराङ्दीकि अध्यक्ष जिवकला बस्याल नेपाली कांग्रेसका पशुपति घिमिरे लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । १० वर्षे शसस्त्र द्धन्दपछी स्थापीत तत्कालिन शान्ती तथा पुननिर्माण मन्त्रालयबाट करिब ३२ लाखको लगानीमा १ तले भवन निमार्ण गरिएको वडाध्यक्ष मोतीलाल बस्यालले जानकारी गराउनुभएको हो ।

समारोहमा तत्कालिन अवस्थामा बजेट व्यवस्थापन गर्नु हुने निजामती कर्मचारी संगठनका पुर्व केन्दीय अध्यक्ष गणेश बस्याल,नयाँ वडा भवन निर्माणका लागि जग्गा प्रदान गर्ने कोशलराज बस्याल,इन्जीनियर प्रेमनारायण बस्याल,सचिव लेखनाथ अर्याल,सामाजिक परिचालक दयाराज न्यौपाने, तत्कालिन सर्वदलिय संयन्त्रमा रही काम गर्ने रबिलाल तिमिल्सिना केशवमणि बस्याल तुल्सी गिरिलाई दोसल्ला पाल्पाली ढाका टोपी र सम्मान पत्रले सम्मान गरिएको थियो ।

भने सो भवन निर्माण कार्यमा सहयोग गर्ने पदाधिकारीहरू, वडाका कर्मचारी र समग्र वडा विकासमा निरन्तर सहयोग गर्नुहुने समाजसेवीहरूलाई मायाको चिनो प्रदानगरिएको थियो । उद्घाटन समारोह वडा सचिव नारायणप्रसाद आचार्यको संचालन र वडाध्यक्ष मोतीलाल बस्याल अध्यक्षतामा चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0