दयाराज न्यौपाने
पाल्पा असार ६ – बगनासकाली गाउँपालिकाको आयोजना र स्थानीय स्काउट समितिको समन्वयमा माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बालमैत्री व्यवहारमा स्थानीय सरकारको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा राम माध्यमिक विद्यालय बगनासकाली ४ राम्दीका सचिन न्यौपाने प्रथम,वेद माध्यमिक विद्यालय बगनासकाली ८ बराङ्दीकी स्मृति बस्याल द्धितीय,ग्राम्य माध्यमिक विद्यालयकी रबिना परियार तृतीय हुनु भयो भने सिद्धी माध्यमिक विद्यालयकी टीकाकुमारी घर्ती सान्त्वना हुनुभयो ।
कार्यक्रमको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि नेपाल निजामती कर्मचारी संगठनका पूर्व केन्दीय अध्यक्ष गणेशप्रसाद बस्यालले बालमैत्री कार्यक्रमले बालबालीकाहरमा राम्रो प्रभाव पारेको बताउँदै बगनासकाली गाउँपालिकाले गरेको काम प्रंशसनीय रहेको बताउनु भएको थियो । उहाँले बालमैत्री सहित स्काउट गतिबिधिलाई समेत प्रतेक बिद्यालयमा पु¥याउनु पर्नेमा जोड दिनुभएकोथियो ।
बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले बालमैत्री कार्यक्रमलाइ थप प्रभावकारी बनाउदै जान यस्ता कार्यक्रमलाइ निरन्तरता दिने बताउनु भयो । उहाँले अभियान सफल बनाउन सबैजना अहोरात्र रुपमा लागेको बताउनु भयो
पुरस्कार बितरण समारोहमा शिक्षा शाखा प्रमुख गुनाराम खनाल स्थानीय स्काउट समितिका प्रमुख आयुक्त दयाराज न्यौपाने,ग्राम्य माविका प्रअ दयाराज कंडेल,मुख ,वेद माध्यमीक विद्यालयका प्रधानाध्यपक टुनवीर रेश्मी बालबालीकाहरको विकासमा बिभिन्न प्रतियोगिताले सहयोग पुग्ने बताउदै निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।
प्रतियोगितामा निर्णायक मण्डलका संयोजक चोलकान्त ज्ञवालीले मौलिकता ,वाक्य र शब्द छनोट,प्रस्तुतिकरणलाई बिशेष प्रथमिकतामा राखेर मुल्याङकन गरिएको बताउनुभयो । प्रथम,दोश्रो, तेश्रो तथा सान्त्वना हुने तथा सहभागिता जनाउने सम्पुर्णलाइ स्टेशनरी प्रदान गरिएको थियो ।
बाल मेत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत सम्पन प्रतियोगितामा बगनासकाली गाउँपालिकाका आठ वटा विद्यालयको सहभागिता रहेको थियो ।वेद माध्यमिक विद्यालय बराङ्दीमा भएको मा.वि स्तरीय वक्तृत्वकला प्रतियोगितामा गाउँपालिकाकाका बाल कल्याण अधिकारी नारायण तिमिल्सिनाको सञ्चालनमा तथा बगनासकाली ८ का वडाध्यक्ष मोतिलाल बस्यालको अध्यक्षतामा चलेको हो ।