दयाराज न्यौपाने
पाल्पा असार ७ -सव डिभिजन वन कार्यालय पाल्पाको आयोजनामा स्थानीय तहसंग समन्वय बैठक माथागढीमा सम्पन भएको छ ।
कार्यक्रममा १ वर्षेको प्रतिवेदन प्रस्तुत गदै माथागढी सव डिभिजन वन कार्यालयका फरेस्टर गोविन्द पराजुलीले माथागढीमा९३ सामुदायीक वन,१८ वटा कबुलीयती वन,१ निजी वन दर्ता भएको तथा ७ वटा फर्निचर रहेको जानकारी गराउनु भएको थियो । यहाँले यस वर्ष ४० हजार बढी तेजपत्ता, र सल्लाह रिठ्ठा उत्पादन तयार भएको तथा ओखरको लगाएतका विरुवा बृक्षारोपण गरिने जानकारी दिनुभयो ।


माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले कानुनी रुपमा वन र पालिकाको बिच समन्वय सहित वन संरक्षण गदै वन मार्फत आन्तरीक आम्दानी बढाउने अभियान थालनी गरिने बताउनु भयो । उहाँले यो वर्ष आगलागीले वन लाई ठुलो क्षेती गरेको भन्दै वनको संरक्षण उपभोक्त समितिले समेत चासो बढाउनु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बिष्णुमाया लुङ्चेले वनको कारणले कतिपय सडकको स्तरोन्नतिमा समस्या भएकोले कानुनी अडचन फुकाउन वन कार्यलयले पहल गर्नु बताउनु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरे वनले कारोवारको १० प्रतिशत रकम बुझाउनु पर्ने भएपनि नबुझाएको गुनासो गर्नुभएको थियो ।

निजि वन पालिकामा दर्ता गर्ने प्रक्रिया सुरुभएको तर आम रुपमा कानुन नबुझेर समस्या झेल्नु पर्ने अवस्था रहेको १ का वडाध्यक्ष राजकुमार पन्थी बताउनु भयो । यहाँले वन बढेदो दरले गाउँघरमा बाँदर आतङ्क बढेको बताउदै बाँदर नियन्त्रणमा वनमा फलफुल रोप्ने अभियान गर्नु पर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा ३ नम्बर वडाका सदस्य मानबहादुर राना लगाएत उत्पादन मुलक बिरुवाको बृक्षारोपण गर्नु पर्नेमा जोड दिनुभएको थियो ।
जनप्रतिनिधि, कर्मचारी संचारकर्मी सहितको बैठकमा पालिका क्षेत्र भित्रका वन वातावरण र जैविक विविधता संरक्षणको लागि सामुहिक प्रतिवद्धता जनाउने निर्णय भएको फरेस्टर पराजुलीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0