दयाराज न्यौपाने
पाल्पा

बगनासकाली गाउँपालिकापाल्पामा आर्थिक वर्ष २०८१÷८२ को लागि ५६ करोड ९९ लाख २ हजार रुपैंया प्रस्ताव गरिएको तथा विभिन्न विधेयक समेत पास भएको प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले जानकारी दिनु भयो ।आइतबार गाउँपालिकाको १६ औं गाउँसभामा उपाध्यक्ष हरिप्रसाद पाठकले बजेट प्रस्तुत गर्नुभएको हो । पालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा ४९ करोड ८४ लाख ६४ हजार बजेट प्रस्तुत गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो पटक पालिकाले झण्डै ८ करोड बढी बजेट प्रस्ताव गरेका छ ।


बजेटमध्ये पुँजीगततर्फ २४ करोड ५७ लाख ८२ हजार रहेको छ भने चालुतर्फ ३२ करोड ४१ लाख २ हजार र विनियोजन प्रस्ताव गरिएको उपाध्यक्ष पाठकले जानकारी दिनुभयो । पालिकाको आन्तरिक स्रोतबाट जुटाउने गरी ९५ लाख बजेट प्रस्तुत गरिएको छ । कृषि तथा पशु क्षेत्रमा उत्पादनमा आधारित अनुदान र उत्पादकत्व वृद्धी, बगनासकाली गाउँपालिकाका गौरवका आयोजनाहरुको कार्यान्वयन, आधारभूत स्वास्थ्य क्षेत्रको विस्तार, गुणस्तरीय शिक्षाको उपलब्धता, स्थानीय मागमा आधारित भौतिक पूर्वाधारको विकास, भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण र जगेर्ना जस्ता कार्यक्रमलाई बजेटमा विशेष प्राथमिकता दिइएको उपाध्यक्ष पाठक ले जानकारी दिनुभयो ।
सभामा गाउँपालिका अध्यक्ष सरस्वती चिदीले गाउँपालिकामा उपलब्ध स्रोत र साधनले धान्न नसकेका आयोजनाहरूलाई केन्द्र तथा प्रदेशमा पठाइने र साझा सहमतीका साथ प्रभावकारी कार्यान्वयनमा लाग्ने बताउनु भयो ।

 


गाउँपालिकाका ९ वटै वडाबाट वस्तीस्तरमा योजना छनौट गरी प्राथमिकताका आधारमा योजना तथा कार्यक्रम तथा रकम विनियोजना प्रस्ताव गर्न वडा समितिलाई नै अख्तियार प्रत्यायोजन गरी बजेट सिलिङ तयार जानकारी दिएको छ । गाउँपालिकाको १ र ६ नं. वडाको लागि ३८ प्रति वडा ३८ लाख, ८ नं. वडाका लागि २८ लाख र अन्य वडा २,३,४,५,७ र ९ का लागि प्रति वडा ३४ लाखका दरले बजेट विनियोजन गरेको छ ।
बगनासकाली गाउँपालिकाको १६ औं बजेट अधिवेशन सभामा अध्यक्ष सरस्वती दर्लामी चिदीले आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0