दयाराज न्यौपाने
असार २५ ÷ बगनासकाली गाउँपालिकामा वातावरण तथा बिपद व्यवस्थापन समिति सहित सरोकारवालाहरुको बैठक सम्पन भएको छ ।


बैठककमा बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले विपद् व्यवस्थापनको काममा निरन्तर लागेको उल्लेख गर्दै प्रभावितहरुलाई तत्काल राहत उपलब्ध गराउन सहजताका लागि पालिका निरन्तर लागेको बताउनुभयो । उहाँले भन्नू भयो विपद न्यूनीकरण पहिलो प्रयास हो घटना भैहाले कम क्षेती र छिटो उदारका लागि पालिका नीतिगत रुपमै लागेको बताउनु भयो । उहाँले केही दिन अघि आएको वर्षाले बगनासकाली ६ यम्घामा भएको क्षेतीमा तत्काल खाध्यन लत्ताकपडा सहित राहत सामग्री उपलव्ध गराएको बताउनु भयो ।


बैठकमा सामाजिक श्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक चोपलाल गिरिले पालिकाहरुसँगको साझदोरी र समन्वयमा विपद व्यवस्थापनको काम अघि बढाइएको बताउनु भयो । उहाँले भन्नू भयो ‘विपद् व्यवस्थापनको काममा पालिकासँग साझेदारीमा कार्यक्रम गरिएको छ । कस्तो बेलामा कस्तो सहयोग गर्ने, तालिम प्राप्त जनशक्ति कति छ्न? त्यसको समेत रेकर्ड राखेर काम गर्ने कार्ययोजना बनाएको बताउनु भयो ।
उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँपालिकाका धेरै स्थानमा हुन सक्ने जोखिमलाई स्थानीय श्रोत र साधनको प्रयोग गर्दै कमी ल्याउन प्रयास गरिएको बताउदै जनताले महशुल गर्ने गरि दुःख सुखमा पालिका सगंसगै रहेको बताउनु भयो ।
प्रवक्ता टीकाबहादुर थापाले विपद्मा सबैको सहकार्यले नै मलम लाग्ने बताउदै विपद् जति बेला पनि आउन सक्ने भएकै कारण तयारी अवस्थामा रहन आग्रह गर्नु भयो । उहाँले गाउँपालिकामा भएको विपद् कोषबाट विपद्मा परेकालाइ आर्थिक सहयोग प्रदान गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले आवस्यकता अनुरुप राहत उपलब्ध गराउने र विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै जाने निर्णय भएको बताउनु भयो । समुदाय स्तरमा जनचेतना मुलक कार्यक्रम लैजाने, मिडिया परिचालन गर्ने, सचेतना कर्याक्रम संचालन गर्ने योजना समेटिएको उहाँले बताउनु भयो । घटना भएको स्थानमा तत्काल उदारमा सहजताका लागि विभिन्न शाखा प्रमुख साझेदारी संस्था पत्रकार सम्मेलीत ७ सदस्यीय मानवीय सहायता सहयोग समिति गठन गरिएको समेत बताउनु भयो ।वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक बोमलाल सुनारले सबै क्षेत्रको सहयोग र सहकार्यमा विपद् न्यूनिकरणमा सहयोग पुग्ने बताउनु भयो ।
वडाध्यक्षहरु कार्यपालिका सदस्य,संघसस्थाका प्रतिनिधि,कर्मचारी लगाएतको बैठकमा सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0