दयाराज न्यौपाने
पाल्पा असार २६ बगनासकाली गाउँपालिकाको गाउँ सभाको १६ औँ अधिवेशन सम्पन भएको छ । सभाले आर्थिक वर्ष २०८१÷८२ को लागि ५६ करोड ९९ लाख ४ हजार रुपैयाँ बराबरको बजेट पास गरेको छ । गाउँपालिकाले आर्थिक विधेयक २०८१, विनियोजन विधेयक २०८१ साथै स्थानीय मदिरा प्रवर्धन एवं व्यवस्थापन विधेयक २०८१ बहुमतले पारित गरेको प्रवक्ता टीकाबहादुर थापाले जानकारी दिनुभयो ।

एक वडा एकउत्पादन, व्यावसायिक कृषि उत्पादन, खानेपानी, रैथानेवालीको प्रवर्धन सँगै वडा कार्यालयसम्म सडक कालोपत्रे योजनालाई प्राथमिकता दिएको बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बताउनु भयो । बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले स्वास्थ्यतर्फ ३५ लाख, बगनासकाली गाउँपालिकालाई बालमैत्री अभियानलाई आ.व.०८१÷८२ मा सुनिस्चिताका लागि यस वर्ष १५ लाख विनियोजन गरिएको उपाध्यक्ष पाठकले बताउनु भयो । गाउँपालिकाले कृषि विकासतर्फ बाट ५३ लाख ५० हजार र पशु विकास तर्फ २५ लाख ५० हजार शिक्षा तर्फ ९५ लाख विनियोजन गरेको छ । कृषि र पशुमा गरिने लगानीबाट गाउँपालिकाले रोजगार सिर्जना भई आत्मनिर्भरतर्फ उन्मुख हुने अपेक्षा गरिएको छ । यस्तै खानेपानी लिफ्टिीङ अनुदान विद्यतु महसुल अनुदान ६० प्रतिशत उपभोक्ता समितिलाई उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइएको र लिफ्टीङ खानेपानी आयोजनाका मोटर बिग्री मर्मत नहुने अवस्था सिर्जनाम भएमा खरिद गर्न ६० प्रतिशत रकम अनुदान उपलब्ध गराउनको लागि रकम विनियोजन प्रस्ताव गरिएको छ ।
बगनासकाली गाउँपालिकाले अभिभावकविहिन बालबालिकाहरूको स्याहार सम्भार र शिक्षाको निम्ति मासिक १००० का दरले राहत रकम उपलब्ध गराउने कार्यक्रमलाइ निरन्तरता दिइएको छ । यस्तै ३ नं वडा कार्यालय भवन निमार्णलाइ ३० लाख बराङ्दी स्वास्थय चौकीलाइ १० लाख विनियोजन गरिएको छ । भने गाडी खरिदका लागि ६० लाख,टोक्से मन्द्रान मोटरबाटो स्तरोन्नति का लागि २५ लाख विनियोजन गरिएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष ०८१÷८२ मा सीमित स्रोत र साधनको उच्चतम सदुपयोगका निम्ति राजस्वका दरहरू जनमैत्री तथा दायराहरू फराकिलो बनाउने नीति अवलम्बन गरिने जनाएको छ ।
भने सभामा आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा असन्तुष्ट जनाउँदै नेपाली काँग्रेस र माओवादीबाट निर्वाचित १७ जना जनप्रतिनिधिले गाउँसभा बहिष्कार गर्नु भएको हो । वडा नम्बर ९ का अध्यक्ष थानेश्वर तिमिल्सिनाले आफू अनुकुल गरेको, राजनैतिक रङ्ग देखाएको,आर्थिक विधेयकमा दफवार छलफल नगरि आफू खुसी योजना ल्याएको पत्रकार सम्मेलन गरी जानकारी गराउनु भएको थियो । यस अघि गाउँपालिकाको सभामा बिरोध पत्र समेत बुझाउनु भएको थियो ।





















