गोपालप्रसाद वश्याल
पाल्पा असार २७ भू पू सैनिक माध्यमिक विद्यालयको आयोजनामा शिक्षकहरुकालागि तीनदिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । विद्यालयका २० जनाशिक्षकहरु सहभागी कार्यक्रममा स्वतन्त्र प्रशिक्षक गोपालप्रसाद वश्यालले सहजीकरण गर्नुभएको थियो ।


तालिम कार्यक्रममा भाषिक जोड, सहभागितात्मक एवम् अन्तरक्रियात्मक क्रियाकलापहरु, नवीनतम शैक्षाणिक रणनीतिहरु, डिजिटल शिक्षणविधि, विद्यार्थी पहिचान एवम् आरोग्यता, कक्षाकोठा एवम् शिक्षण निर्देशन शैली, विद्यार्थी मनोवैज्ञानिक ब्यवस्थापन, बालमैत्री एवम् मनोरञ्जनात्मक सिकाइजस्ता पक्षमाकार्यपत्र, खेल, सामूहिक छलफल, प्रयोगात्मकअभ्यास लगायतकार्यहरुबाट सहजीकरण गरिएको थियो ।
तालिम समापनका अवसरमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर थापाले शिक्षकहरुले सबै विद्यार्थीले सिक्ने गरी शिक्षाण गर्नाकालागि तालिमबाट सिकेकासिपहरु कक्षाकोठामा अधिकतम प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले शिक्षकहरुको कार्यक्षमता विकासकालागि विद्यालयले समय समयमा पुनर्ताजगी कार्यक्रम गर्ने बताउनुभयो । विद्यालय शिक्षा समितिका संयोजक डा. पितबहादुर नेपालीले विद्यालयको शिक्षास्तर उकास्नकालागि शिक्षकको गुणस्तर बृद्धि गर्ने कार्यमा समितिले कार्य गरिरहेको बताउनुभयो । विद्यालयका प्रिन्सिपल भिमबहादुर रानाले पेशागत अद्यावधिकहुनकालागि तालिमले सहयोग पुगेको बताउनु भयो । शिक्षकहरु सिर्जना पाण्डे, खुमन सोमै, बेवस्ता दर्लामी र जयन्ती कर्माचार्यले तालिमबाट आफ्नो शिक्षणशैलीमा सुधार गर्नकालागि धेरै सहयोग पुगेको विचार राख्नुभयो ।
तालिम समापन काअवसरमा अध्यक्षथापा र प्रिन्सिपल रानाले प्रशिक्षक वश्याललाई सम्मान गर्नुका साथै सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । समापन सत्र प्रिन्सिपल भिम रानाको अध्यक्षता र शिक्षिका सिर्जना पाण्डेको सञ्चालनमा सम्पन्नभएको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1