दयाराज न्यौपाने
पाल्पा असार २८ – पाल्पाको बगनासकाली गाउँपालिकामा प्रहरी चौकी स्थापना गरिएको छ । बगनासकाली गाउँपालिका १ को चिलाङ्दीमा नेपाल प्रहरीको पाल्पामा ३२ औँ बिटको रूपमा शुक्रबार एक कार्यक्रमबिच स्थापना गरिएको हो ।

चौकीको उद्घाटन गर्दै समारोहका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जिल्लाको शान्ति शुरक्षा कायम गर्ने थप बल पुग्ने बताउनु भएको छ । उहाँले समाजका हरेक नागरिक,स्थानीय सरकार र सरोकार वाला निकाय सहितको भुमिकाले मात्र अपराध नियन्त्रण हुने उल्लेख गर्नु भएको छ । प्रमुख जिल्ला अधिकारी काफ्लेले सूचना लिने काममा र सूचना दिने काममा कन्जयुस्या नगर्ने आग्रह समेत गर्नु भएको थियो। सूचनामा ध्यान दिन सके घटना समय मै थाहाँ पाउदा समाधान गर्ने सहज हुने तर पछि समस्या बढ्नसक्ने तर्फ ध्यान पु¥याउन आग्रह गर्नुभयो ।


बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले स्थानीय शान्ति सुरक्षाका लागि स्थायी प्रहरी चौकी स्थापना गरिएको बताउनु भयो । स्थापना गर्न ‘पाँच वर्षअघि नै निर्णय भएको भएपनि अहिले प्रहरी चौकी स्थापना भयो यो हाम्रो लागि खुशीको कुरा हो ‘ आगामी दिनमा प्रहरी चौकीलाई आवस्यक पर्ने जग्गा सहित अन्य सेवा उपलब्ध गराउन पालिका तयार रहेको समेत प्रतिवद्ता जनाउनु भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि बिभिन्न ठाउँमा चौकी स्थापना गरिएको बताउनु भयो । उहाँले धेरै ठाउँमा माग भएको तर दरवन्दी दिन नसकिएको तर यो पालिकामा ५ वर्ष पहिला नै निर्णय भएर बसेको हुनाले स्थापना गर्ने सफल भएको जानकारी दिनुभयो । उहाँले नागरिकले अनुभुती गर्ने गरि काम गर्ने प्रहरीहरुलाइ निर्देशन समेत दिनु भएको थियो ।


बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले पालिका हुँदै जिल्ला सुरक्षा समितिसम्मै निवेदन दिएर रोकिएको कामप्रहरी चौकी स्थापनाको कामलाइ १ महिनाको छोटो समयमै कार्यान्वय भएको बताउनु भएको थियो । वडाका जनताको सुरक्षाका साथै गाउँमा हुने उशृंखल गतिविधि, गैरकानुनी गतिविधि नियन्त्रणका लागि प्रहरी चौकी स्थापनाले सार्थकता पाउने विस्वास व्यक्त गर्नु भयो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बगनासकाली गाउँपालिकाको ७,८,९ लगाएतका स्थानमा हेर्ने ५ जनाको दरवन्दी हुने गरि प्रहरी सहायक निरीक्षकको कमाण्डमा चौकीबाट सेवा प्रवाह हुने बताउनु भयो ।


प्रहरी चौकी उदघाट्न समारोहमा बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक,प्रवक्ता टीकाबहादुर थापा लगाएतले चौकी उद्घाटनले यस क्षेत्रको शान्ति सुरक्षामा सहयोग पुग्ने बताउनु भएको थियो ।


समारोहमा जिल्ला स्थिति सुरक्षा समितिका सदस्यहरु,वडाध्यक्षहरु,राजनीतिदलका प्रतिनिधिहरु,कर्मचारी, पत्रकार लगाएत स्थानीयको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0