दयाराज न्यौपाने
पाल्पा बगनासकाली गाउँपालिकाले पालिका परिसरमा वृक्षारोपण गरेको छ ।

बृक्षारोपण गर्दै गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले वनको संरक्षणमा लाग्न आग्रह गर्नु भयो । उहाँले बृक्षारोपणले आम्दानीको श्रोत समेत बनाउने हुदा त्यस्त तर्फ पालिका अग्रसर भएको बताउनु भयो समृद्धिका लागि वन परियोजनाका प्राविधिक सागर बस्यालले वन रहे प्रकृतिले समेत सन्तुलन कायम राख्ने बताउदै प्रया प्रयटनले आर्थिक उपार्जनमा टेवा पुग्ने खालका विरुवाहरु पालिकाकाको धेरै ठाउँमा रोपण गरेको बताउनु भयो ।

बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले भौतिक रूपमा मात्र नभनै प्रर्यावरणीय रुपमा समेत पालिकालाई सन्तुलनमा राख्न बृक्षारोपण गरिएको बताउनु भयो ।
वृक्षारोपणमा गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक,प्रवक्ता टीकाबहादुर थापा लगाएत जनप्रतिनिधि पत्रकार,प्रहरी कर्मचारी लगायतको सहभागिता रहेको थियो । परिसरमा ज्याकाराण्डा,गुलमोर ,सुन्तला कागती टिमुर,धुपी,कपुर लगाएत विरुवाहरु रोपण गरिएको थियो





















