दयाराज न्यौपाने
पाल्पा असार ३१ गण्डकी प्रदेश र लुम्बिनी प्रदेश अन्तर्गत स्याङ्जाको कालीगण्डकी गाउँपालिका र पाल्पाको बगनासकाली गाउँपालिकाका जनप्रतिनिधिहरुबिच असल अभ्यास आदान प्रदान तथा समन्वयात्मक सम्वाद कार्यक्रम स्याङ्जाको बिर्घामा सम्पन भएको छ ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष एवम् गाउँपालिका महासंघका महासचिव खिमबहादुर थापाले असल अभ्यास आदान प्रदान गर्ने पद्धतिले नागरिकलाई सू–सूचित गर्नुका साथै संघीयतालाई संस्थागत गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सबै स्थानीय तहले स्पष्ट मार्गचित्र र कार्यसूची तयार गरी सोही अनुसार आफ्ना प्राथमिकता तयारपारी काम गरेको उल्लेख गर्नु भयो उहाँले एक पालिकाको विकास हुँदा जोडिएको पालिकाको विकास भएन भने त्यो विकास आफैमा कमजोर हुने कुरा उल्लेख गदै सबैक्षेत्रको विकास हुनुपर्ने उहाँको भनाइ थियो । ३ वटा निर्णहरु गदै बैठक सम्पन भएको बताउनु भयो बैठकले १पालिकाहरु बिच गरिने असल अभ्यास आदान प्रदान कार्यक्रममलाइ निरन्तरता दिने , २स्थानीय मदिरा ब्रान्डिङमा संयुक्त रूपमा संचालन गर्ने आवस्यक पक्रिया पुरा गरि थालनी गर्ने, र ३ कालीगण्डकी नदि क्षेत्रमा विकास गरि आर्थिक उपार्जनमा टेवा पु¥याउने गरि दुवै पालिकाको सहमती भएको अध्यक्ष थापाले बताउनु भयो ।

बगनासकाली गाउपालिकाकी अध्यक्ष एवम् गाउँपालिका महासंघका केन्द्रीय सदस्य सरस्वती चिदीले दुवै पालिकाको संयुक्त बैठक हुनु आफैमा महत्वपुर्ण भएको बताउदै आपसी कामको अनुभव साटासाटले धेरै सिकाइ भएको बताउनु भएको छ । उहाँले बगनासकाली गाउँपालिकाले स्थानीय रुपमा उत्पादित मदिरालाई स्वास्थ्य मापदण्ड पूरा गरी ब्रान्डिङ र बजारीकरण गर्नेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गदै स्थानीय मदिरा प्रवधन एवं व्यवस्थापन विधेयक २०८१ समेत पास गरिसकिएको बताउनु भयो ।

गाउँपालिकाले गरेको कार्यको प्रगति विवरण प्रस्तुत गदै कालीगण्डकी गाउँपालिका स्याङ्जाका उपाध्यक्ष साबित्रा कोइरालाले गाउँपालिकाले भौतिक पूर्वधार तर्फ मोटरबाटो स्तोरन्ती सहित कालो पत्रगरेको,आफ्नै भवनबाट सेवा प्रवाह गरिएको,ड्रयागन फ्रुट खेतिलाइ प्रथमिकतामा राखेर सफल अभ्यास गरेको,पालिकाले १५ सैयाको अस्पताल संचालन गरेको, २८ हजार नागरिकको पालिकाले नै बिमा गरिदिएको,गुणस्तरीय शिक्षाप्रदान गर्नेकार्यमा निरन्तर लागेको ,खानेपानीको सहज पहुचका लागि निरन्तर लागेको,आर्थिक विकासमा टेवा पुग्ने गरि व्यवसायीक कृषिको थालनी गरिएको जानकारी दिनु भयो ।

बगनासकाली गाउँपालिकाको तर्फबाट पालिकाले गरेको कार्यको प्रगति विवरण प्रस्तुत गदै प्रशासन शाखा प्रमुख सुजन घिमिरेले पालिकाको यस वर्ष कुल ८९.५७ प्रतिसत कार्य सम्पन भएको जानकारी दिदै सडक कालोपत्र ३ बडा कार्यालय बाहेक सबैमा पुगेको, खानेपानी प्रयोगशाला स्थापन गरिएको,शिबिल ल्यावको सुरु गरिएको बालमैत्री,वन,तथा शिक्षामा सह सताब्दी योजना निमार्ण गरेको बताउनु भयो ।

बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले बगनसकाली गाउँपालिकाले यो वर्षदेखि समयमै काम सम्पन गरि असारे विकासलाइ निरुत्साहित गर्ने सफल भएको बताउनु भयो । उहाँले सबैको सहयोगले यस्ता महत्पवुर्ण कार्य संचालन गर्ने सफल भएको बताउदै संयुक्त बैठकले दुवै पालिकामा भएका राम्रा कार्यक्रमको अनुसरण हुनेमा बिस्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा बगनासकाली गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापा,वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारी,ओमप्रकाश गैरे,थानेश्वर तिमिल्सेना कालीगण्डकी गाउँपालिका ३ का वडाध्यक्ष देवेन्द्रकुमार थापा, २ की वडाध्यक्ष खगिसरा आले, लगायतले पालिकाहरुबाट प्रदान हुने सेवाका बारेमा जानकारी लिनुभएको थियो । बैठक कालीगण्डकी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिरामणी पाण्डेको संचालन र कालीगण्डकी गाउँपालिकाका अध्यक्ष एवम् गाउँपालिका महासंघका महासचिव खिमबहादुर थापाको अध्यक्षतामा चलेको थियो । भने पालिकामा संचालन भएको व्यसायीक ड्रागन फ्रुट खेती, देशकै नमुना मिर्मि आधारभूत बिद्यालयको अध्ययन अवलोकन र पालिकाले संचालन गरेको कालीगडण्की अस्पतालको समेत अध्ययन अवलोकन सहित अन्तर्रक्रिया कार्यक्रम समेत गरिएको थियो ।





















