दयाराज न्यौपाने
पाल्पा, साउन ७ । नेकपा एमाले बगनासकाली गाउँ कमिटी पाल्पाले ४६औं पुष्पलाल स्मृति दिवस बिबिध कार्यक्रम गरि मनाएको छ ।


दिवसका अवसरमा पुष्पलालको तस्बिरमा पुष्प अर्पण सहितजीवनी कम्युनिस्ट आन्दोलनमा पुर्याउनु भएको योगदानबारे चर्चा गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य टीकाबहादुर थापाले पुष्पलालले देखाएको असल मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ । उहाँले सिद्धान्त, संगठन र संघर्षको विचारले कम्युनिष्ट पार्टी अगाडि बढेको बताउनुभयो

बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी,नेकपा एमाले गाउँ कमिटी उपाध्यक्ष गीता रेग्मी, सचिव प्रकाश न्यौपाने लगायतले पुष्पलालको जीवनीको चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा गाउँकमिटी अध्यक्ष डेन्जिग रायमाझीले पुष्पलालको चर्चा गर्दै उहाँले देखाउनु भएको बाटोमा लाग्न सके आन्दोलन सफल हुने विस्वास व्यक्त गर्नु भयो । उहाँलेवदिवसको अवसरमा गाउँपालिकाको परिसरामा २ सय बढी तेजपत्ताका विरुवाहरु रोपण गरिएको जानकारी दिनुभयो ।


कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।१९८१ असार १५ गते रामेछापको भङ्गेरीमा जन्मनु भएका श्रेष्ठको २०३५ साउन ७ गते भारतको गोविन्दवल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। भने पुष्पलाल श्रेष्ठ माइला उपनामबाट समेत परिचित हुनुहुन्थ्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0