दयाराज न्यौपाने

पाल्पा साउन १४- बगनासकालीमा पदम राना कप क्लब स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । समाजसेवि पदमबहादुर राना परिवारको आयोजनामा खोरबारी खेलमैदानमा यही साउन २४ गतेदेखि संचालन हुनेछ ।


साउन २४ गतेदेखि २६ गतेसम्म बगनासकाली गाउँपालिका १ चितुङ्धाराको खोरबारी खेलमैदानमा महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

भलिबल खेलको विकास गर्नुका साथै खेलकूदमा आकर्षण गर्न, नयाँ प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन र थप प्रतिभाशाली खेलाडीको प्रतिभा प्रस्फुटन गराउने मुख्य उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको राना परिवारका सदस्य डिला रानाले बताउनु भयो ।


प्रतियोगितामा बगनासकाली गाउँपालिका भित्र रहेका स्थानीय खेलाडीहरुको सहभागिता रहने छ । ३ दिनसम्म सञ्चालन हुने भलिबल प्रतियोगितामा पुरुष तर्फको बिजेताले ३०हजार रूपैयाँ द्वितीय हुनेले २०हजार रूपैयाँ, तृतीय हुनेले १५हजार रूपैयाँ र शान्तवना हुनेले ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने महिला तर्फको बिजेताले १५हजार रूपैयाँ द्वितीय हुनेले १०हजार रूपैयाँ, तृतीय हुनेले ५हजार रूपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।खेल बिकासका लागि निरन्तर लागि परेको खेल संयोजक तथा समाजसेवी डेन्जीङ् रायमाझीले बताउनु भयो यहाँले पुरुष भलिबलमा दर्ता ५ सय र महिलाका लागि दर्ता शुल्क नलाग्ने उहाँले बताउनु भयो ।

बगनासकाली गाउँपालिका २ पोखराथोक निवासी समाजसेवी रानाले जन्म भुमि नेपालमा सामाजिक कार्यमा अग्रसर हुनु भएको छ । उहाँले यस अघि बगनासकालीका विद्यालयहरूको शैक्षिक गुणस्तरीय वृद्धिका लागि अक्षयकोष एवम शैक्षिक सामाग्री,झोला वितरण,ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई लौरो वितरण समेत गर्नु भएको थियो । यहाँ बैदेशीक रोजगारीका शिलशिलामा युएईमा हुनुहुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0