दयाराज न्यौपाने
पाल्पा साउन । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु पाल्पाको २४ औँ जिल्ला अधिवेसन यही साउन २३ मा हुने भएको छ । तानसेनमा बसेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पदाधिकारी बैठकले २४ औं जिल्ला अधिवेसन साउन २३ गते तानसेनको त्रिभुवन बहुमुखी क्याम्पसमा गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष मदन आचार्यले जानकारी दिनुभयो ।


अधिवेशनको अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले उदघाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने अनेरास्ववियु केन्दीय सदस्य तथा पाल्पा इन्चार्ज शेषकान्त पोखरेले जानकारी दिनु भयो । जिल्ला कमिटी पाल्पाका कोषाध्यक्ष सन्देश ढकालले १० पालिका सहित क्याम्पस कमिटी,स्कुल कमिटीबाट अधिवेशनमा एक सय प्रतिनिधिको सहभागिता रहने जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0