दयाराज न्यौपाने
पाल्पा साउन २२ लुम्बिनीप्रदेशको स्वास्थ्य मन्त्रीमा पाल्पाका खेमबहादुर सारु नियुक्ति हुनुभएको हो । २०७९ को निर्वाचनमा पाल्पा क्षेत्र नं. १ (२) बाट निर्वाचित हुनुभएका खेमबहादुर सारुले स्वास्थ्यमन्त्रीको जिम्मेवारी प्राप्तगर्नुभएको छ । लुम्बिनी प्रदेशको हाल बनेको नयाँ समीकरणपछि सरकारले मन्त्रालयको भागवण्डा टुंगो लगाउँदा सारुले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ । सत्ता समीकरणका दुई ठूला दल नेकपा एमाले र नेपालीकाँग्रेस बीच सहमतिभएको थियो । त्यही सरकारको नेतृत्वमाप्रदेश मन्त्रीबन्नु भएका सारु पाल्पाको क्षेत्र नं. १ (२) को तर्फवाट करिव ५ हजार बढी मतले प्रत्यक्ष निर्वाचित सारु स्वास्थ्यमन्त्रीको रुपमा सपथ लिनुु भएको हो । सारु पाल्पाजिल्ला बाट नेकपाएमाले तर्फबाट पहिलो पटक प्रदेश सांसद सहित सरकारको मन्त्रीबन्नुभएको हो । पदभार ग्रहण पश्चात पहिलो निर्णयको रुपमा उहाँले किशोरीहरुको स्वास्थ्यतथापोषण सुधार गर्ने महत्वपूर्ण निर्णय समेत गर्नुभएको छ । उहाँले भन्नुभयो महिला, बालबालिका तथा किशोरीहरुको स्वास्थ्यतथापोषण सुधार कार्यक्रम संचालनकार्यविधी–२०८१ को तयारीकालागी मस्यौदा समिति गठन गरी यथासिघ्र मस्यौदा पेश गर्ने निर्णय गर्नुभयो ।

मन्त्री सारुले पहिलो निर्णय नै महिला, बालबालिकातथाकिशोरीहरुको स्वास्थ्य क्षेत्रमाकामगर्ने तदारुकता देखाउनुभएको हो । सारुले महिलाहरुको स्वास्थ्य राम्रो भए समग्र समाजकै स्वास्थ्य राम्रो हुने बताउनुभयो । सारुले महिलाहरु आमा, दिदीबहिनी, श्रीमती, हजुरआमाको रुपमा परिवारको महत्वपुर्ण हिस्सा भएको भन्दै उहाँहरुको स्वास्थ्य र पोषणको क्षेत्रलाई स्वास्थ्यमन्त्रालयले जिम्मेवारीपुर्ण रुपमा लिएको बताउनुभयो ।
खेमबहादुर सारुको राजनीतिक यात्रा
पाल्पाको साविक जल्पा गाउँविकास समिति वडा नम्बर ७ माथिल्लो झेरुदी हाल पूर्वखोलागाउँपालिका २ जल्पामा आमा खगीसरा सारु र बुवाजंगबहादुर सारुका ५ सन्तानमध्येका दोश्रो सन्तानका रुपमा २०३६ सालकात्तिक ५ गतेमाजन्मनु भएका सारुका ३ भाइ र १ दिदी हुनुहुन्छ ।
जल्पा निवासी खेमबहादुर सारु राजनीतिमा शालीन,भद्र छवि बनाएको नेताको रुपमा स्थापित हुनुहुन्छ ।
सानै उमेरदेखि बहुमुखीप्रतिभाभएका सारु अध्यन र नेतृत्वगर्ने रुचाउने स्वभावका हुनुहुन्थो ।उहाँ सुरुवातमा बालक्लबको नेतृत्वगदै युवाक्लब सहित सामाजिक काममालाग्नु भएको थियो भने नेकपाएमाले निकट विद्यार्थी संगठन अनेरास्वयु त्रिभुवन बहुमुखी क्याम्पसको प्रारम्भिक कमिटीको सदस्यभएर २०५४ सालमा राजनीतिमा प्रवेश गर्नु भएका उहाँ गाउँ पालिका कमिटी, हुँदै २०७८ साल देखि जिल्ला कमिटी सदस्यको रुपमा हुनुहुन्छ । उहाँ सामाजिक रुपमा लायन्स क्लबमार्फत समेत सामाजिक कार्यमा निरन्तर लागि रहनु भएको छ ।

शैक्षिक अभियानमा निरन्तर लाग्नु भएका सारु बुवाभारतीय सेनामाकार्यरत हुनुभएको र आमा समेत समान्य साक्षर हुदाँहुदै पनि बुवाआमाबाट पढ्नु पर्छ भन्ने प्रेरणाले आज मलाइ धेरै सहज र समाज बुझन् सक्ने बनाएको छ सारुले भन्नुभयो । सानै देखि पढाइमा अव्बल रहनु भएका सारु आधारभूत शिक्षागाउँकै सम्भु निमावी हाल (मावि) स्कुलमा लिनुभएको थियो । उहाँ तानसेनको जनतामाध्यमिक विद्यालयबाट २०५२ मा एस. एल. सी. उत्तिण गर्नु भएको हो । त्रिभुवनबुहमुखी क्याम्पसबाट अग्रेजी र राजनीतिशास्त्रमा स्नातक पूरा गर्नुभयो । उहाँले तानसेन बहुमुखी क्याम्पसबाट अंग्रेजी विषयमा स्नातकोत्तर सम्मको अध्ययन पुरा गर्नुभएको छ । उहाँले बनाएको एक छबि भनेको शैक्षिक छवि समेत हो उहाँले लामो समय पाल्पाको वेथल बोडिङ् स्कुलको प्रधानाध्यापको रुपमा कार्यरत समेत रहनु भएको थियो । शिक्षा नै जिवनको ज्योति हो भन्ने ठ्म्याइ रहेको उहाँलाइ पढ्ने र पढाउने रुचीमध्येको एक हो ।
किसानवर्गमा हुर्कीनुभएका उहाँ परिवारमा राजनीतिमा ज्ञान भने थिएन् तर पूर्वी पाल्पाको राजनीति पहिले देखी नै कम्युनिष्ट मय भएकै कारण पनिउहाँ कम्युनिष्ट पार्टीको सदस्य बन्न् प्रेरणा मिलेको बताउनु हुन्छ ।
पार्टीले आफूलाई विश्वास गरेर सांसद र मन्त्रीबनाएको उल्लेख गर्दै त्यो विश्वासलाई आफूले कहिल्यै विचलितहुननदिने सारुको भनाइ छ । मन्त्रीको जिम्मेवारीमा नरहदा समेत निरन्तर सामाजिक काममालाग्ने उहाँबताउनु हुन्छ ।





















