दयाराज न्यौपाने
पाल्पा साउन २२ ।  अनुजा शाही स्मृति कोषको एक कार्यक्रम गरि घोषणा गरिएको छ। तानसेन नगरपालिकाका निवर्तमान  मेयर अशोक कुमार शाहीकि छोरी अनुजा शाहीको नाममा स्मृति कोषको स्थापना भएको हो । तानसेन नगरपालिकाका निवर्तमान मेयर अशोककुमार शाही परिवारले दिवंगत छोरीको सम्झनामा अनुजाको जन्म तिथिका अवसरमा स्मृति कोषको स्थापना गर्नुभएको हो ।अनुजाले कक्षा १० सम्म सेन्ट कपितानियो स्कुल, कक्षा ११ र १२ मिलेनियम मावि र स्नातक तह त्रिभुवन बहुमुखी क्याम्पसमा अध्ययन गर्नु भएको थियो ।


अशोक कुमार शाही र सुमीत्रा शाहीकी कान्छी छोरीको रुपमा २०५० साल साउन २२ गते जन्मीएकी अनुजा कामको सिलसिलामा अमेरिकामा हुनुहुन्थ्यो । अमेरिकाको भर्जिनियाको इनोभा अस्पतालमा उपचारका क्रममा २०८० फागुन १८ गते ३० वर्षको उमेरमा निधन भएको थियो । स्मृति कोषको घोषणा कार्यक्रम बोल्दै बुवा अशोककुमार शाहीले गरिब जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिनको लागि दश लाख रुपैयाँ रकमको कोष स्थापना गरेको बताउनुभयो । छोरीको असल कर्म सदैव स्मरणीय राख्नका लागि हामी प्रेरित भएर अनुजा शाही स्मृति कोष स्थापना गरेका हौ उहाँको भनाइ थियो । कोषको संचालन कार्यविधि बनाएर गरिने समेत जानकारी गराइएको थियो ।भने आगामी दिनमा कोषलाई थप गर्दै जाने समेत कार्यक्रममा जानकारी गराउनु भएको थियो । उक्त कोषबाट विद्यालयमा अध्ययनरत गरिब जेहेन्दार छोरीहरुलाई अध्ययनमा सहयोग पुग्ने  छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले छोरीको सम्झनामा कोष निर्माण गरेर शैक्षिक विकासमा टेवा पुर्याउन लाग्नु भएको उल्लेख गर्दै परिवार भन्दा माथी उठेर समाजलाई सहयोग गर्नु भएकोमा आभार व्यक्त गर्नुभएको थियो । कोष घोषणा कार्यक्रममा पुर्व सांसद यादवबहादुर रायमाझी,त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक डा. टंकप्रसाद पन्थ सन्तोष खनाल, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम राना लगायतले मृत्यु सत्य भएको उल्लेख गर्दै अनुजाको सुकर्मलाइ स्मरण ताजा बनाउन परिवारले गरेको कार्य समाजमा अनुकरणीय भएको उल्लेख गर्नु भएको छ। कार्यक्रम परिवारका सदस्यहरु,पत्रकार,समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0