दयाराज न्यौपाने
पाल्पा साउन २४ ।अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) पाल्पाको २४ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेसनले मधुसूदन आचार्यको अध्यक्षतामा ३९ सदस्य जिल्ला कमिटीको चयन गरेको छ ।
कमिटीको उपाध्यक्ष सन्देश ढकाल,सचिव सुशील रेग्मी सह–सचिवमा ईन्दु गाहा,उत्सवी ढकाल,केशब नेपाल,पंकज भण्डारी,सुमन न्यौपाने र कोषाध्यक्षमा सुदर्शन पाण्डे सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

यस्तै महिला विभाग प्रमुखमा कृष्णा झापुरलुक चयन हुनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि अनेरास्वयु केन्द्रीय उपाध्यक्ष धर्म गिरिले शैक्षिक गुणस्तर र विद्यार्थीको हकहितका लागि गतिविधि संचालन गर्न निर्देशन दिनुभयो । उहाँले अखिलले शैक्षिक क्षेत्रमा पु¥यायको योगदानको चर्चा गदै यस्को गरिमा बचाइ राख्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रम अखिल पाल्पाका संस्थापक अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य धनेन्द्रराज घिमिरले पार्टी जनपक्षिय काममा जोडिदै सशक्तढंगले अघि बढेको बताउदै जन संगठनहरु पनि सकृय तबरबाट संगठन निर्माणमा जुट्नु पर्ने बताउनुभयो ।
समारोहमा नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्ती मगर, पाल्पा क्षेत्र नम्बर १ का सांसद नारायणप्रसाद आचार्य, अनेरास्ववियु केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज विनिता काफ्ले, सह–इन्चार्ज लेखनाथ खनाल, अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सन्तोष बाठा, स्थायी कमिटी सदस्य तथा शैक्षिक बिभाग प्रमुख गोविन्द थपलिया, पाल्पा जिल्ला इन्चार्ज शेषकान्त पोखरेल, लगायतले शुभकामना दिनुभएको थियो ।

अनेरास्वयु पाल्पाका अध्यक्ष मदन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनोज सिग्देलले स्वागत र सचिव मधुसुधन आचार्यले संचालन गर्नुभएको थियो ।





















