दयाराज न्यौपाने
पाल्पा साउन २५÷बगनासकाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साललाई बिदाई गरिएको छ । गाउँपालिकाले शुक्रबार फेरि भेटौंला कार्यक्रमको आयोजना गरेर प्रमुख प्रशासकीय अधिकृत लम्साललाई बिदाई गरिएको हो ।

बिदाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बिदाई भएर जान लाग्नु भएका लम्साललाई सम्मान पत्र र मायांको चिनो,पाल्पाली ढाका टोपी सहित दोसल्ला ओढाएर बिदाई गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष चिदीले १४ महिनाको समयमा गाउँपालिकाको महत्वपूर्ण समय काम गरेको उल्लेख कार्य सम्पादनमा देखाउनु भएको कार्यकुशलताले बगनासकाकालीको गरिमा बढाएको बताउदै कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध निकै राम्रो भएको बताउनु भएकोछ । कार्यक्रममा बोल्दै अधिकृत लम्सालको उज्वल भबिष्यको कामना समेत गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँपालिकामा रहदा पुर्याउनु भएको योगदान चर्चा गर्नुभउको थियो । बिदाई समारोहमा प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले गाउँपालिकामा हुदा पुर्याउनु भएको सहयोगको सम्मान गर्दै आफू जुन ठाउमा भएपनी पालिका र यहाँका जनताले गरेको माया अपार भएको उल्लेख गर्नु भएको थियो । पदीय जिम्मेवारी पूरा गर्ने भरपुर प्रयास गरेको उल्लेख गदै कार्य सम्पादनमा कुनै कसुर बाकी नराखी काम गरेको बताउनु भएको थियो । सोही अवसरमा भने कर्मचारीहरुले समेत मायाको चिनो प्रदान गरि बिदाइ गर्नु भएको थियो ।
बिदाई कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद न्यौपाने,प्रवक्ता टीका बहादुर थापा लगायतले प्रमुख प्रशासकीय अधिकृतले गरेको कामको चर्चा गर्नु भएको थियो ।

१४ महिना बगनासकाली गाउँपालिकामा काम गरेर प्रमुख प्रशासकीय अधिकृत नुवाकोटको शिवपुरी गाउँपालिकाको प्रमुख प्रशासकीय अघिकृतको रुपमा सरुवा हुनुभएको छ । भने गाउँ पालिकामा कार्यरत ओभरसियर उमेशकुमार भगत सब इन्जिनियरमा बढुवा हुनु भै नवलपरासी सरुवा हुनु भएकोमा उहाँलाइ समेत सम्मान पत्र र मायांको चिनो,पाल्पाली ढाका टोपी सहित दोसल्ला ओढाएर बिदाई गरिएको थियो ।
फेरि भेटौंला कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख सुजन घिमिरेले गर्नु भएको थियो ।





















