पाल्पा साउन – पूर्वखोला गाउँपालिकाको आर्थिक वर्ष ०८०–०८१ को वार्षिक प्रगति समीक्षा बैठक सम्पन भएको छ ।
प्रगति समीक्षा कार्यक्रममा पालिकाका बिषयगत शाखाका प्रमुखहरुले गत आर्थिक बर्षमा भएका सम्पूर्ण कामहरूको प्रगति,चुनौती र सम्भावनाका बिषयमा प्रस्तुती राख्नु भएको थियो ।

गत आर्थिक बर्षमा गाउँपालिकाले २६० वटा योजनाहरु र ६३ वटा कार्यक्रमहरु संचालन भएको र ३ किलो मिटर बाटो ग्राभेल भएको २० किलो मिटर सडक स्तरोन्ति गरिएको र १२ किलो मिटर नयाँ ट्रयाक खोल्ने काम गरिएको,ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकलाइ घरघरमा सेवा दिएको,सुत्केरी संग उपाध्यक्ष कार्यक्रम संचालन गरिएको जानकारी गराइएको थियो भने गत आर्थिक वर्षमा पालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति,त्यसको प्रभाव र समस्याहरूको समीक्षा गरी असल अभ्यासहरूलाई यस आर्थिक वर्षमा प्रभावकारी ढंगले काम अगाडि बढाउन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । आर्थिक प्रशासन शाखाका प्रमुख सुमन भट्टराइले आर्थिक बर्ष ८०–८१ मा ५७ लाख ३२ हजार आन्तरिक आम्दानी भएको बताउदै चालु खर्च तर्फ ८७.३५प्रतिशत र पुंजीगत तर्फ ८०.५३ प्रतिशत भएको र बित्तीय तर्फ प्रगति ८५.४१ प्रतिशत भएको बताउनु भयो । पालिकाले योजनाहरूको छनोट समयमै मुल्याङकन र अनुगमनका साथै भूक्तानी प्रक्रियालाई सरल बनाउँने र आन्तरिक नियन्त्रण प्रणालीको विकास गर्दै न्यूनिकरण गर्दै लैजाने समीक्षा बैठकमा छलफल भएको थियो ।सो अवसरमा राजस्व असुली,करका दर र दायराहरूको विस्तार र विकासका साथै सुशासन प्रवाहलाइ थप व्यवस्थित गर्न भुमिका खेल्ने बताईएको छ ।

वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गदै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले संघीयतालाई संस्थागत गर्न पालिका बलियो हुनु पर्ने बताउनु भएको छ । उहाँले सबै स्थानीय तहले स्पष्ट मार्गचित्र र कार्यसूची तयार गरी सोही अनुसार आफ्ना प्राथमिकता तयारपारी काम गर्दा जनता खुसी हुने उहाँको भनाइ थियो । शिक्षा र सवास्थ्यमा पाल्पामै पूर्वखोला अव्वल भएको उल्लेख समेत गर्नुभउको थियो। कासका योजनामा गाउँपालिकाले जनताका काममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले समीक्षाले के गरियो मात्रै हैने अव के गर्ने सकिन्छ भन्ने तर्फ समेत सघाउ पुग्ने विस्वास व्यक्त गर्नु भयो । कार्यक्रममा जन विकास तथा परिचालन केन्द्रका कार्यकारी निर्देशक देविलाल लामिछानेले पूर्वखोलाले जनताका कामलाइ महत्व दिएर गरेको कामको प्रंसशा गर्नु भएको थियो । वार्षिक प्रगति समीक्षा कार्यक्रममा पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले आर्थिक बर्ष ०८०–०८१ उपलब्धीमूलक रहेको भन्दै चालु आर्थिक वर्षमा गत आर्थिक वर्षमा बनाएको योजना सहित समग्र क्षेत्रको विकास गरिने उहाँको भनाइ थियो ।
कर्मचारीहरुको प्रभावकारी सेवा प्रवाहका कारण बित्तीय र भौतिक प्रगति उल्लेखनीय भएको बताउदै उँहाले जन प्रतिनिधीहरूले कर्मचारीलाई निरन्तर सहयोग पुर्याउने बताउँदै उच्च मनोवलकासाथ कार्य सम्पादनमा लाग्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा उपाध्यक्ष भागिरथी भट्टराइले गाउँपालिकाको निरन्तर परिणाम देखिने काम भएको उल्लेख गर्दै आन्तरिक आम्दानीको दायरा बढाउन स्थानीय श्रोत र साधनको उच्चतम प्रयोग गरिने उहाँको भनाइ थियो । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले प्रगति समीक्षा समग्रमा उत्साहजनक रहेको भन्दै योजनाबद्ध ढंगले चालु आर्थिक वर्षका गतिबिधीहरू समेत अगाढी बढ्ने विश्वास व्यक्त गर्नुभयो । एक बर्षमा गरिएको कामको आधारमा थप काम गर्ने प्रेणा मिल्ने बताउदै योजना समयमै सम्पन गर्ने सहयोग गर्ने उपभोक्तहरु र निर्माण व्यवसायी,कर्मचारीलागायतलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । वार्षिक प्रगति समीक्षा कार्यक्रम योजना शाखा प्रमुख बिनोद नेपालले संचालन गर्नु भएको थियो ।





















