दयाराज न्यौपाने
पाल्पा साउन २९ बगनासकाली गाउँपालिकाको स्वास्थ्य शाखाले वार्षिक समीक्षा कार्यक्रम गरेको छ । शाखाले मंगलबार गाउँपालिका सभाहलमा आर्थिक वर्ष २०८०÷०८१ मा गाउँपालिका अन्तर्गत ९ वटा वडामा रहेका स्वास्थ्य संस्थाहरुले गरेका कार्यक्रम, योजना तथा गतिविधिका सहित कार्य प्रगतिका विषयमा समीक्षा गरेको हो ।
रहेका स्समीक्षा कार्यक्रममा स्वास्थ्य शाखाले यस आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम गरेको बताएको छ । गाउँपालिकाका स्वास्थ्य शाखाप्रमुख मणिराम अधिकारीले पालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थाबाट ३९ हजार ८ सय ४७ पटक नागरिकले सेवा लिएको बताउनुभयो । पालिकामा ६६ स्वास्थ्यकर्मी र ७७ स्वास्थ्य स्वयम्सेवकले बगनासकालीको स्वास्थ्य सेवालाई पारदर्शी, प्रभावकारी, जनमैत्री र सवैको पहुँचयोग्य बनाउन लागिपरेको बताउनुभयो । ८० वर्ष माथीका नागरिकलाइ लाईघरमै पुगेर वडाहरुबाट सेवा प्रवाहलाइ निरन्तरता दिएको समेत बताउनु भएको थियो ।भएका कमि कमजोरी लाई सुधार गर्ने समीक्षा सहयोगी भएको समेत उल्लेख गर्नुभएको थियो ।

वार्षिक समीक्षा गोष्ठीमा बोल्दै गाउँपालिका अध्यक्ष सरस्वती चिदीले वार्षिक रूपमा गरेको कामको समीक्षासँगै सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्वास्थ्य क्षेत्र नागरिकको जीवन सुरक्षित गर्ने संवेदनसिल क्षेत्र भएकोले बगनासकालीले स्वास्थ्य क्षेत्रमा गरेको प्रगतिलाई निरन्तरता दिन स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारीहरू भूभिकालाई अझ सक्रिय बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । कर्मचारीको समन्वय, सहकार्यबाट नागरिकलाई सहज र प्रभावकारी सेवाप्रवाह गर्न स्वास्थ्यकर्मीलाई आग्रह समेत गर्नुभयो ।
समीक्षाबारे टिप्पणी गर्दै स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले विशेषज्ञ सेवा जिल्लास्तरका स्वास्थ्य संस्थामा हुने भएपनि स्वास्थ्यलाई मध्यनजर गर्दै राज्यले प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र अवधारणा अगाडि सारेको बताउनुभयो । सवै समीक्षाको संक्षिप्त मन्तव्य राख्दै उहाँले स्वास्थ्यकर्मीहरू समुदायमा कम जाने गरेको, सेवाग्राहीसँगको अन्तरक्रिया कमी भएको, तथ्याङ्कमा एकरुपकता नभएकोले सेवालाई गुणस्तरीय बनाउन सुझाव दिनुभयो । गत वर्षको तुलनामा वडागत कार्यक्रमको प्रभावकारीकारिता बढ्को पाइएको उहाँले बताउनु भयो । उहाँले तथ्याङ्ककमा एकरूपकता कायम गर्न खोप कार्यक्रम प्रभावकारी बनाउँदै समुदायमा जनस्वास्थ्यका कार्यक्रमतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको थियो । स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत न्यौपानेले वडा तहमा विशेषज्ञ भन्दा जनस्वास्थ्यका कार्यक्रम बढी हुने भएकोले त्यसतर्फ सजग हुन आवश्यक रहेको औंल्याउनुभयो । सामाजिक परीक्षण, सेवाग्राही सन्तुष्टी फारम भरी खोपको अवस्था प्रभावकारी बनाउन स्वास्थ्यकर्मी समुदायमा परिचालन हुनुपर्ने न्यौपानेको भनाई थियो
गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा पनि थप उच्च मनोवलका साथ स्वास्थ्य क्षेत्रमा लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले वर्षभरिका कामको तथ्याङ्कको मात्र नभई सेवाप्रवाह, सामाजिक उत्तरदायित्वको समीक्षासहित कर्मचारीमा सद्भाव र एकता कायम गरी स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
शिअहेव नोदप्रसाद बस्यालको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका जन स्वास्थ्य अधिकृत महाँलक्ष्मी ढुङ्गाना, पालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू,संचारकर्मी तथा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।





















