काठमाडौ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा सांसद ठाकुरप्रसाद गैरे निर्वाचित हुनुभएको छ ।

यो संघीय संसदको दुवै सभा (राष्ट्रिय सभा र प्रतिनिधि सभा) संयुक्त समिति हो । सांसद गैरे पाल्पा निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । लामो समय विद्यार्थी राजनीतिमा लाग्नु भएका गैरे २०६२ —६३ को जन आन्दोलनमा विद्यार्थीहरुको तर्फबाट सफल नेतृत्व गर्नु भएको थियो ।
उहाँ एनसेल करछलीमा कर उठाउने लगाएतका शुसासनका धेरै आन्दोलनका अगुवाको रुपमा समेत पहिचान रहेको छ । पहिलो पल्ट सांसद बन्नु भएका गैरे राजनीतिमा राम्रो छवि बनाउनु भएको छ । निर्वाचित सभापति गैरेले सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण समेत गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





















