गोम विक्रम
पाल्पा,७ भदौ मञ्जुश्री साहित्यिक समाजको ७३ औं प्रविधि मैत्री कवि गोष्ठी डा.बमबहादुर थापा जितालीको सभापतित्वमा र गङ्गा लिगलको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न भएको छ ।


उक्त गोष्ठीमा विशिष्ट अतिथि गोविन्द घिमिरे वेदमणीको ’बादल’ विषयको कविता, अतिथि हरिप्रसाद चौलागाईंको ’देश बाँचे म बाँच्दछु’शीर्षकको समस्यापूर्ति कविता,

कार्यक्रम सञ्चालक वीरबहादुर लोहोनीको लोकछन्दात्मक कविता,चन्द्रावती अधिकारीको चारु, लक्ष्मीप्रसाद मिश्र र चन्द्रावती अधिकारीको बीच तीजको लयमा दोहोरी, लगायत गङ्गा लिगलको मुक्तक, बालकृष्ण सुवेदीको लोकछन्दमा लेखिएको कविता, दुर्गाप्रसाद सिग्देलको शार्दूलविक्रीडित छन्दको कविता,उत्तम विचारको उपजाति,कल्पना भट्टराईले भुजङ्गप्रयात,दुर्गा अधिकारी भमरकोटेले सुसेली, सूर्यकुमार पण्डितले स्रग्विणी, टेकबहादुर लौडारीले शार्दूलविक्रीडित द्वारिका कुइँकेल समेत पन्ध्र जना कविले विभिन्न छन्दमा कविता वाचन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0