दयाराज न्यौपाने
पाल्पा ८,भदौ÷ पाल्पाको प्रसिद्ध धार्मिकस्थल रम्भादेवी मन्दिरमा आगामी भदौ १० गते कृष्ण जन्माष्टमीका दिन सांस्कृतिक महोत्सव हुने भएको छ । रम्भादेवी मन्दिरको पर्यटन प्रवर्धन गर्दै स्थानीय कला, संस्कृति, प्रचलित भेषभूषाको प्रचार प्रसारमा टेवा पु¥याउने उद्देश्यले सहयात्रा नेपालको आयोजनामा रम्भादेवी परिसर ताहूमा एक दिने सांस्कृतिक महोत्सव हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो ।

तानसेनमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवको उद्देश्यबारे जानकारी गराउदै सहयात्रा नेपालका अध्यक्ष एवम् राष्ट्रिय कलाकार दुर्गा रायमाझीले सरकारले घोषणा गरेको एक सय गन्तव्य मध्येको रम्भादेवी पर्यटकीय स्थलको प्रचार–प्रसार, रैथाने संस्कृति र प्रचलित भेषभूष तथा मौलिक संस्कृतिको पहिचान बढाउन महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो । ‘महोत्सवमा रामपुरको बालन, माथगढीको झाम्रे, हुमिनको लाखे, सिलुवाको कौरा, रानीवासको सोरठी र तिवारी आमाको मौलिक तीजसहित स्थानीय कला संस्कृतिहरू प्रस्तुत गरिने अध्यक्ष रायमाझीले बताउनु भयो ।

महोत्सवको सह आयोजक रम्भादेवी पर्यटन विकास प्रतिष्ठान, मुख्य प्रवद्र्धक रम्भा गाउँपालिका, पर्यटन प्रवद्र्धन नेपाल दर्शन, प्रवद्र्धक मातृभूमी सेवा प्रतिष्ठान र कुमकुम ज्वेलर्स न्युरोड काठमाडौं रहेको जानकारी दिइएको छ । महोत्सवमा वरिष्ठ कलाकारहरू नारायण रायमाझी, दुर्गा रायमाझी, इन्द्र जिसी, नारायण लेकाली, अमृत अधिकारी, नविन पौडेल, हुम गैरे, माधव भण्डारी, श्रीदेवी देवकोटा लगायत स्थानीय कलाकारलाई प्राथमिकतामा राखिएको समितिका अध्यक्ष रायमाझीले बताउनुभयो । महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण बढ्ने अपेक्षा रहेको बताउनु भयो ।

आयोजक समितिका सदस्य अमृत अधिकारीले महोत्सवमा प्रवेश निःशुल्क रहने भएकोले रम्भादेवीप्रति आस्था राख्ने देश तथा विदेशमा रहने सवैलाई महोत्सवमा सहभागी हुन अनुरोध समेत गरेका छौ उहाँले भन्नु भयो यसबाट पाल्पा सहित देश बिदेशमा पहिचान बढाउन सहयोग पुग्ने विस्वास गरेको बताउनु भयो । परम्परागत रूपमा चल्दै आएको मेला महोत्सवको संरक्षण गर्दै रम्भादेवी क्षेत्रको धार्मिक पर्यटकीय क्षेत्रलाई चलायमान गराउन मेला आयोजना गरिएको उहाँको भनाइ छ ।

कार्यक्रममा पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले महोत्सवले रम्भादेवीको महत्वबारे जनाकारी दिन र गरिमा बढाउन सहयोग पुग्ने विस्वास व्यक्त गर्नु भयो । उहाँले महोत्सव सफल बनाउन र रम्भादेवीको प्रचार प्रसारमा सञ्चारकर्मीको सहयोग र सहकार्य निरन्तर रहने बताउनु भयो ।





















