पाल्पा११ भदौ–नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा सिन्दूरजात्रा गर्दै भगवती खटयात्रा आज निकालिदै छ ।
नेपाली फौजले ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन सफल भएको खुसियालीमा पाल्पा जिल्ला सदरमुकाम तानसेनमा भगवती भगवती जात्रा निकालिने परम्परा छ । अग्रेज संगको युद्धमा जानु अघि तत्कालीन प्रशासक उजिर सिह थापाले युद्धमा विजय प्राप्त गरेमा तानसेनमा भगवतीको ठूलो मन्दिर बनाउने र प्रत्येक वर्ष बिजय उत्सवको  रूपमा जात्रा सन्चालन गरेर भगवतीको महिमा फैलाउने भाकल गरेको इतिहास बिदहरु बताउछन् ।
यो वर्षे साइत अनुसार दिउँसो ठीक १२ः ३० वजे भगवतीको रथ उठाइने भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोकमान महर्जनले जानकारी दिनुभयो । नेपाली सेनाले सलामी चढाए लगत्तै स्वस्तिवाचन गरेर रथ यात्राको प्रारम्भ गरिनेछ ।


यो वर्षे राष्ट्र प्रमुख सम्माननीय रामचन्द्र पौडेल समेत आउने कार्यक्रमले थप रौनाकता थप्ने समितिका सदस्य सोनित प्रधानले जानकारी दिनु भयो । भने खटजात्रामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहित संघीय मन्त्रीहरु,प्रदेशका माननीयहरु,प्रतिनिधि सभा सदस्य तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको समितिका सभापति ठाकुर गैरे, प्रतिनिधि सभा सदस्य नारायण आचार्य,योजना आयोगका उपाध्यक्ष,नेपाली सेनाका प्रधानसेनापति लगायतले भगवती खटयात्राको अवलोकन गर्ने कार्य तालिका रहेको जानकारी दिएको छ । रास्ट्रपतिको आगमनले यस पटकको रथयात्राबाट नेपालको राष्ट्रियताको सवालमा राष्ट्रिय पर्वको रुपमा स्थापित गराउन थप टेवा पुग्ने विस्वास गरिएको प्रचारप्रसार समितिका संयोजक पदम न्यौपानेले बताउनु भयो । रास्ट्रपतिको आगमनले सास्कृतिक विरासत बोकेका सम्पदाको महत्व समेत बढाउने उहाँको भनाइ छ ।
श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन किर्तन गरेर भाद्र कृष्ण नवमीको दिन जात्रा गरिन्छ । नेपाल एकीकरणको समयमा युद्धमा विजयी भए मन्दिर बनाएर सिन्दूरजात्रा गर्ने भाकल कर्णेल उजीरसिंह थापाले गरेका थिए ।
सोही भाकल अनुसार जीतगढीको युद्धमा विजयी भएको र जात्रा निकाल्ने प्रचलन सुरु भएको थियो ।पाँच वटा नाकाबाट नेपाल माथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोर्नु परेपनि जितगढीको लडाईंमा अग्रेजफौजलाई नेपाली फौजले हराएको थियो ।
भगवती रथलाई सिन्दूर, अबिर र केशरी सहित अन्य वैदिक पुजापाठ गर्दै शहर परिक्रमा गराईएको थियो । भगवती मन्दिर परिसरबाट भगवतीको प्रतिमूर्तीलाई तीन पटक मन्दिर परिक्रमा गराई सिन्दूरजात्रा गराइने परम्परा छ ।
भगवती रथयात्रालाई भगवती जात्रा, खटयात्रा तथा सिन्दूरजात्रा समेत भन्ने गरिन्छ । कुमाउ–गडवाल,मकवानपुरगढी,कोशी–टिस्टा र बुटवल जीतगढीमा अंग्रेज फौजसँग लडाई भएको थियो । वि.सं १८७१।०७२ मा नेपाली सेनाले अंग्रेजलाई हराएको थियो ।
रणउजिरेश्वरी भगवतीको जात्रा पश्चिम नेपालकै सबैभन्दा ठूलो जात्रा हो । जात्रामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा विभिन्न संघसंस्था र सर्वसाधारणले पहिचान झल्किने झाँकी ¥याली प्रदर्शन गर्ने गर्दछन् ।
जात्रा अवलोकनको लागि राजधानी काठमाडौंसहित छिमेकी जिल्ला स्याङजा, गुल्मी, अर्घाखाँची, रुपन्देही, पर्वत लगायतका जिल्लाहरूबाट हजारौको संख्यामा दर्शकहरू आउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0