दयाराज न्यौपाने
पाल्पा- नेपाल बिद्युत प्राधिकरण पाल्पा वितरण केन्दले यो वर्षे आफ्नो सेवा क्षेत्रभित्र रहेका काठका पोल विस्थापन गर्ने जनाएको छ । नेपाल बिद्युत प्राधिकरण पाल्पा बितरण केन्द्रले आफ्नो वार्षिक कार्य बिवरण बिहिबार पत्रकार सम्मेलन गरि सार्वजनीक गदै प्रमुख इन्जिनीयर मरासेनील जिल्लामा बाकी रहेका पोल विस्थापीत गरि फलामे पोल रहने प्रमुख योजना रहेको बताउनु भयो । उहाँले यस आर्थिक वर्षमा ७ सय बढी काठको पोल बिस्थापित गरिएको समेत प्रमुख इन्जिनीयर मरासेनीले बताउनुभयो ।


पाल्पा केन्द्र प्रमुख इन्जिनीयर दिलिप मरासेनीले गत आर्थिक बर्षमा ३४ करोड २९ लाख ६८हजार ६९१ रुपैयाको बिद्युत बिक्रि भएकोमा त्यस बापत ३३ करोड ६९ लाख ३ हजार ५६३ रुपैया संकलन भएको बताउनुभयो । उहाँका अनुसार उक्त रकम जिल्ला भित्रका ४० हजार ८४४ उपभोक्ता मार्फत संकलन भएको हो ।
केन्द्रले जिल्लाभरी ३० वटा नयाँ ट्रन्सफर्मर,८ वटाको क्षमता बृद्धि र ५० वटा काठको पोल फेर्ने काम सम्पन्न गरेको छ । निस्दी गाउँपालिकामा पहिलो पटक केन्द्रिय प्रशारणलाइन पुर्याई मित्यालमा नयाँ फ्युज सेबा बिस्तार गरेको छ । त्यस्तै माथागढी र तिनाउ गाउँपालिकाका बिभिन्न स्थानमा पनि केन्द्रिय लाईन जोडेको छ । तानसेन बजार भित्र नाङ्गो तार हटाई एबिसी केवल लगाइएको । ३३ केभी झुम्सा मस्याम डुम्रे लाईन सुधार गरि भरपर्दो बनाइएको उहाँले बताउनुभयो । साथै तानसेन नगरपालिकाले लामो समयसम्म भुक्तानी गर्न बाँकी रहेको सडक बत्तीबापतको रकम तिर्ने सम्झौता समेत नगरपालिका संग भएको छ ।
जिल्लामा ५३ जना कालोसूचीमा रहेका ग्राहकबाट ८ लाख १३ हजार ५०० रुपैया उसुली गरेको छ । त्यस्तै केन्द्रले १ हजार ८६ जना ग्राहकको लाईन काटी ६ करोड ८९ लाख ९० हजार ४०५ रुपैया संकलन गरेको जनाएको छ ।
नेपाल बिद्युत प्रधिकरणको ३९ औं वार्षिक उत्सबको अवसरमा पाल्पा बितरण केन्द्र लुम्बिनी प्रदेशका जिल्लाहरु मध्ये सबैभन्दा उत्कृष्ट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0