दयाराज न्यौपाने
पाल्पा भदौ १४ प्रेस चौतारी नेपाल पाल्पाको आयोजनामा शुक्रवार तानसेन स्थित आफ्नै कार्यालयमा तीज मिलन तथा तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।


शुभकामना कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपाल पाल्पा शाखाका अध्यक्ष कृष्ण कार्कीले हिन्दु नारीहरुको महान पर्व तीजले एकता, सद्भाव र समृद्धि स्थापित गरोस् भन्ने मान्यताका साथ कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो । उहाँले बिगतका वर्षदेखि निरन्तर गरिएको समेत बताउनु भएको छ ।


तीज मिलन कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख काशिका गैरेले नारीहरुको सुखदुःख बिसाउने र एक आपसमा शुभकामना साटासाट गरेर मनाइने तीज पर्व आफैमा मौलीक र सास्कृतिक पर्व भएको बताउनु भएको छ ।
नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तिमगरले प्रेस चौतारीले गरेको रचनात्मक कार्य प्रसंसनीय रहेको बताउदै अन्य संगठनहरुलाइ समेत सिकाइ भएको बताउनु भएको छ ।प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज कमलराज तिमिल्सिनाले महिला पत्रकारहरुलाई एकत्रीत गर्दै मौलिक परम्परालाई निरन्तरता दिने उदेश्यका साथ पाल्पाले अभियानका रुपमा गरेको कार्य प्रशंसनीय रहेको उल्लेख गर्नु भएको छ ।


नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा संबिधान सभा सदस्य महिला नेत्री नारायणी शर्मा घिमिरेले यस्ता कार्यक्रमले मौलीकताको जर्गेनामा टेवा पुग्ने र आपसी सद्भाव कायम गर्ने सहयोग गर्ने विचार व्यक्त गर्नु भयो ।

निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले प्रेस चौतारीले तीज मिलन कार्यक्रम गरि महिलाहको पर्वलाइ विषेश बनाएकोमा धन्यवाद दिदै संस्कार र संस्कृतिको जर्गेना सवैको दायित्व भएको बताउनु भएको थियो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य धनेन्द्रराज घिमिरे,नेकपा एमाले तानसेन नगर अध्यक्ष गुराँस आत्रेय, प्रेस चौतारीका केन्द्रीय सदस्य मिलन बिक,किरण कौशल,पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराई,रम्भा गाउँपालिकाका उपाध्यक्ष राधाकुमारी श्रेष्ठ,माथागढी गाउँपालिकाका उपाध्यक्ष बिष्णुमाया लुङ्चे,तानसेन ९ का वडाध्यक्ष राजेशकुमार अर्याल लगाएत बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।


प्रेस चौतारी पाल्पाका सचिव नारायण न्यौपानेले सञ्चालन गरेको तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा मौलीकता झल्कने गीत र नाच समेत प्रस्तुत गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0