दयाराज न्यौपाने
पाल्पा असोज ८ -बगनासकाली गाउँपालिकाले पालिकाका ९ वटै वडामा पुगेर उपभोक्ता समितिहरूलाई योजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरेको छ । चालु आर्थिक वर्ष २०८१–०८२ को बजेट तथा कार्यक्रममध्ये उपभोक्ता समितिमार्फत् कार्यान्वयन गर्ने योजनाहरूका पदाधिकारीहरूलाई योजना सम्झौता र सञ्चालन सम्बन्धि तालिम दिइएको हो । तालिममा योजनाको डिजाइन, लागत स्टमेट, सम्झौता, सञ्चालन र फरफारकाका विषयमा अभिमुखिकरण गरिएको बगनासकाली गाउँपालिकाका इन्जिनियर प्रमोद कुंवरले जानकारी दिनुभयो । उहाँले सबैले कामजान्ने हो भने काम गर्ने सहयोग पुग्ने बताउनु भयो ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले असारे विकासलाइ निरुत्साहीत गर्ने समयमै गुणस्तरीय काम गराउन तालिम आयोजना गरियको बताउनु भयो । उहाँले गत वर्ष योजना समयमै सम्पन गरि पलिकालाइ अग्र पंङतिमा राख्न सहयोग गरेकोमा सर्बलाइ धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

गाउँ पालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले योजना समयमै सम्पन हुने कुराले अपनत्व बढ्ने बताउदै सबैले आ—आफनो जिम्मेवारी पुरा गर्ने हो भने काममा सफलता मिल्ने विस्वास व्यक्त गर्नु भयो । तालिमले उपभोक्ता समितिले गल्ती कम गर्ने र योजना राम्रोसँग सञ्चालन गर्ने तालिम महत्वपुर्ण रहने प्रवक्ता टीकाबहादुर थापाले बताउनु भयो ।
आर्थिक प्रशासन शाखा प्रमुख कोशलराज पौडेलले योजना सञ्चालन सम्बन्धि नीतिगत, कानुनी र लेखा प्रणालीको बारेमा जानकारी भए उपभोक्ता समितिले गुणस्तरयुक्त र समुदायले अपनत्व लिने योजना सञ्चालन हुन सक्ने भएकाले तालिम संचालन गरिएको बताउनुभयो । अभिमुखीकरण कार्यक्रममा आर्थिक प्रशासन शाखा प्रमुख कोसलराज पौडेल राजस्व प्रमुख यादव प्रसाद न्यौपाने,योजना शाखा प्रमुख भरतराज घिमिरे लगायतले योजना सम्झौता, सञ्चालन र फर्छ्यौटमा ध्यान दिनुपर्ने विषयहरू समितिको भुमिका,गठन प्रक्रिया, खर्च सार्वजनीक प्रक्रिया,सार्वजनिक खरिद नियमावलीका बारेमा सहजीकरण गर्नु भएको हो ।





















