कालीगण्डकी गाउँपालिका ५ जैपते स्याङ्गजामा विउबाख्रा हस्तान्तरण कार्यक्रम सम्पन्नभएको छ । सत्यदेवी स्वावलम्बीमहिला समूह र जागृती स्वाबलम्बीमहिला समूहद्धारा उपहार समूहको लागि १९ वटा विउ बाख्रा प्रदानगरिएको हो ।


कालिगण्डकी गाउँपालिका र हेफर परियोजना नेपालको साझेदारीमा संचालित कालिगण्डकी कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाबाट गएको वर्ष बाख्रा उपहार लिएकामहिलाहरुले उक्त बाख्राबाट जन्मिएका अन्य विउबाख्राहरु उपहार समूहलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा १९ जनामहिलाहरुलाई एक एक वटा विउबाख्रा हस्तान्तरण गरिएको थियो ।


विउबाख्रा हस्तान्तरण गर्दै, कालिगण्डकी गाउँपालिका स्याङ्गजाका अध्यक्ष खिमबहादुर थापाले आफुमात्रै सक्षमहुने भन्दा पनि अरुलाई पनि सक्षम बनाउन उपहार कार्यक्रमगरिएको बताउनुभयो ।गाउँपालिका र हेफर परियोजना संचालनको १५ महिनाको अवधीमा पालिकाका सबै वडाहरुका एक हजार १९ परिवार परियोजनामाजोडिएका छन् । कार्यक्रममागाउँपालिकाकाउपाध्यक्ष सावित्राकोईरालाले हेफर संगको साझेदारी कार्यक्रमले महिलाहरुको आयआर्जन र क्षमताविकास बढेको बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पर्शुराम उपाध्यायले परियोजनाले आर्थिक र सामाजिकविकासमा टेवा पु¥यायको उल्लेख गर्दै, कृषकहरुलाई आत्मनिर्भरबाट माथी उठेर व्यवसायिक बनाउन पहलगरिने बताउनुभयो ।
सामाजिकपुँजीको माध्यमबाट आम्दानी बृद्धी गराई कृषितथापशुपालनको क्षेत्रमाउत्पादन र उत्पादकत्वमा बृद्धी गर्ने उद्येश्यले संचालनभईमूल समूह, युवा समूह, उपहार समूह गरी ४६ वटा समूहहरु गठनभएका छन् । यसरी मूल समूह, युवा समूह, उपहार समूह गरी कुल४६ वटा समूहहरु गठनभएका छन् । यी समूहहरुमाकुल १०१९ परिवार आवद्ध भएका छन् ।
परियोजनाबाट गएको वर्ष बाख्रा २३० वटा, बंगुर १७० वटा, विउबोका १२९ वटा, भैसी १२ वटा र ३ वटा गाई वितरण वितरण भएकाथिए । उन्नतखालकाखोर गोठ निर्माण, उन्नतजातको तरकारी उन्नतप्रविधिको प्रयोग गरी कृषि र पशुपालनको क्षेत्रमाउत्पादन बढाउदै वजारीकरण गर्दै कृषकहरुलाई आत्मनिर्भर र व्यवसायिकबनाउन परियोजनाले कामगर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0