पाल्पामा संचालीत बा कप २०८१ को उपाधी रैनादेबी छहराले हात पारेको छ सि लेभलको प्रतियोगिताको उपाधी रैनादेबी छहरा गाउँपालिकाका बलबहादुर राना र थमन गाहाको समुहले प्राप्त गर्नु भएको हो । रामपुर नगरपालिकाका आषिस शाही र मुक्ति कुमालको समूहले दोश्रो स्थान प्राप्त गर्नुभयो । तानसेन नगरपालिकाका कृष्ण अग्रहरि र राजेन्द्र खड्की र दिलबहादुर खाम्चा र कुमार सिङ्जालीको समुहले तेश्रो स्थान प्राप्त गर्नुभयो ।


पाल्पा जिल्लाको सामाजिक कार्यमा सकृय रहेको क्लब नारायण युवा क्लबले “बा कप ब्याडमिन्टन प्रतियोगिता २०८१ को आयोजना गरेको हो । नारायण युवा क्लबद्वारा आयोजित कार्यक्रमको अमर नारायण कभर्डहल व्यवस्थापन समितिको व्यवस्थापन तथा वडा न २ को समन्वयमा भएको हो ।
। प्रतियोगितामा प्रथम हुने समुहलाई १५ हजार सिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । भने दोश्रो हुनेलाई १० हजार सिल्ड,मेडल र प्रमाणपत्र त्यस्तै तेश्रो हुने २ समुहलाइ क्रमश ५ हजार सिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिएको नारायण युवा क्लबका सचिव विनायक महर्जनले जानकारी दिनुभयो । प्रतियोगितामा ५० समुहको सहभागीता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नारायण युवा क्लबका सस्थापक अध्यक्ष एवम नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले क्लबले पाल्पा जिल्लामा खेलाडीहरूको उत्पादन गर्नका लागि नयाँ नयाँ कार्यक्रम ल्याउने गरेको बताउनु भयो । अहिले सोह्र श्राद्ध चलिरहेको समयमा स्वर्गीय पिताहरूको स्मरण गरि क्लबले बा कप ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेकोमा प्रशंसा गर्नुभयो । विगतको समयमा जाती विशेष,लिङ्ग विशेष,धर्म विशेषको युग थियो । तर अहिलेको युग परिवर्तनको युग ,कर्म गर्नेको युग रहेको बताउनु भयो । अहिले युगमा जस्ले जस्तो कर्म गर्छ,उस्ले उस्तै फल पाउने भएकोले सबैले इमानदारीपूर्वक कर्म गर्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रमका विशिष्ट अतिथि क्लबका पुर्व अध्यक्ष एवम तानसेन वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठले क्लबले सकारात्मक सन्देश प्रवाह गर्ने गरि स्वर्गीय पिताहरूलाई स्मरण गरि प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । क्लबसँग समन्वय गरि वडा कार्यालयले प्रत्येक बर्ष प्रतियोगिता आयोजना गर्दै आएको बताउदै आगामी दिनमा पनि समन्वय र सहकार्य गरि अगाडि बढ्ने बताउनु भयो ।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष किशोर दर्शन बज्राचार्यले स्वर्गीय बुवाहरू
को नाममा प्रतियोगिता आयोजना गरिएको भन्दै क्लबले पाल्पा जिल्ला भरिका खेलाडीहरूको प्रतिभा प्रस्फुटन गरि राष्ट्रिय स्तरको खेल खेलाउने तयारी गरिरहेको जानकारी दिनुभयो । कार्यक्रमको अवसरमा पाल्पा जिल्लामा रहेका ब्याडमिन्टन खेलमा योगदान पुर्याउने पुर्व खेलाडीहरूलाई खादा,माला,दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रममा नारायण युवा क्लबका सल्लाहाकार नारायण कोइराला,युवराज पौड्याल,सकुन्तला बज्राचार्य,क्लबका कानुनी सल्लाहाकार शंकर बस्याल,जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक कमल प्रधान,जिल्ला ब्याडमिन्टन संघ पाल्पाका अध्यक्ष बसन्त बज्राचार्य,प्याव्सन पाल्पाका अध्यक्ष महेशमान बज्राचार्य विभिन्न टोल विकास सस्थाका अध्यक्ष एवम प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रम नारायण युवा क्लबका अध्यक्ष प्रविन राज शाक्यको अध्यक्षता र सचिव विनायक महर्जनको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0