दयाराज न्यौपाने
पाल्पा असोज २९- नेपालीहरुको महान पर्व बडा दशै र तिहारको पावन अवसरमा बगनासकाली –१ चिलाङ्दी खेल मैदानमा दोश्रो संस्करणको रूपमा बराङ्दी क्रिकेट लिग मंगलबार बाट सुरु भएको छ ।

आज भएको पहिलो खेलमा एनसिसि क्रिकेट टिम तानसेन १ले बराङ्दी क्रिकेट क्लब पाल्पालाई १८ रनले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको एनसिसिले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा १ सय ४५ रन बनायो । १सय ४५ रनको लक्ष्य पछाएको आयोजक बिसिसीले पुरै ओभरमा ५ विकेटको क्षतिमा १ सय २७ रन जोडन सक्यो । जसका लागि लागि दीपेस पाण्डेले २५ बलमा ४७ रन,सुदिप गैरेले ३१ बलमा ३४ रन र तारा बस्यालले ९ बलमा १९ को पारि खेलेपनी पनि जितका लागि प्रयाप्त हुन सकेन् । बलिङ तर्फ एनसिसि क्लबका शिव बस्यालले २,सरन रिजाल र बिसाल न्यौपानेले समान १÷१ विकेट लिए ।

पहिलो ब्याटिङ गरेको एनसिसिका लागि लागि सरन रिजालले २९ बलमा ६० रन र सबिन बस्यालले २१ बलमा २६ रन र सागर बस्यालको १४ बलमा २१ रनको मद्तमा १ सय ४५ रन बनाउन सफल भएको हो । बलिङ तर्फ बिसिसीका दीपेस पाण्डे र सुदीप गैरेले समान २÷२ विकेट लिए । भने तारा बस्यालले १ विकेट लिए । २९ बलमा ६० रनको बिस्फोटक पारी खेलेका एनसिसिका सरन रिजाल म्यान दि म्याच घोषित भए ।

भने प्रतियोगिता अन्तर्गत मंगलबार नै भएको दोश्रो खेलमा पाल्पाली क्रिकेट प्लेयर पीसिपी क्रिकेट टिम तानसेन विजयी भएको छ । हिमालयन क्रिकेट क्लब तानसेनलाई ५९ रनले पराजित गर्दै पीसिपीले विजयी सुरुवात गरेको हो । १सय ६९ रनको लक्ष्य पछाएको एच सिसीले सबै ओभर खेल्दै १ विकेटको क्षतिमा १ सय १० रन मात्र जोडन सक्यो । जसका लागि आषिस न्यौपानेले ५३ रन, बिवेक सोमैले ३१ रन तथा नविन खड्काले १७ रन बनाए । बलिङ तर्फ पीसिपीका रुपेश बस्यालले १ विकेट हात पारे । पहिले ब्याटिङ गरेको पीसिपीले १५ ओभरमा ७ विकेट गुमाउँदै १ सय ६९ रनको बिशाल योगफल तयार पारेको थियो । जसका लागि रुपेश बस्यालले २३ बलमा ६१ रन,विपीन खातीले २४ बलमा ३७ रन र अलिज खातीले१६ बलमा १९ रनको योगदान गरे । बलिङ् तर्फ एच सिसीका सुदिप न्यौपानेले २,विबेक सोमै र मदन रानाले समान १÷१ विकेट लिए

उक्त खेलमा १ विकेट सहित २३ बलमा ६१ रनको बिस्फोटक पारी खेलेका पीसिपी रुपेश बस्याल म्यान दि म्याच घोषित भए ।बुधबार ३ बटा खेल हुने क्लबका अध्यक्ष श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
प्रतियोगिताको बिजेताले ३० हजार सहित सिल्ड तथा उपबिजेताले २० हजारसहित मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिता भर उत्कृष्ट खेलाडी र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने छ ।





















