दयाराज न्यौपाने
पाल्पा नेपालीहरुको महान पर्व बडा दशै र तिहारको पावन अवसरमा बगनासकाली –१ चिलाङ्दी खेल मैदानमा दोश्रो संस्करणको रूपमा सुरु गरेको बराङ्दी क्रिकेट लिगको आज मंगलबार सम्पन हुदै छ ।

पहिलो सेमिफइनलमा करुवा क्रिकेट क्लब तानसेनले जेसीसी झिरभन्ज्याङ ८ विकेटले पराजीत गदै फाइनलमा पुगेको हो भने,पाल्पाली क्रिकेट प्लेयर पिसीपिले एनसिसि क्रिकेट टिमलाइ ७ विकेटले पराजीत गदै फाइनलमा स्थान पक्का गरेका हुन् । खेल आज ११ः३० चिलाङ्दी खेल मैदानमा हुने छ ।
प्रतियोगिताको बिजेताले ३० हजार सहित सिल्ड तथा उपबिजेताले २० हजारसहित मेडल प्राप्त गर्ने क्लबका अध्यक्ष श्रीधर न्यौपानेले बताउनु भयो । यस्तै प्रतियोगिता भर विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1























