दयाराज न्यौपाने
पाल्पा कार्तिक ७÷ बराङ्दी क्रिकेट लिगको दोश्रो संस्करणको उपाधि पाल्पाली क्रिकेट प्लेयर्स तानसेनले हात पारेको छ ।

नेपालीहरुको महान पर्व बडा दशैको पावन अवसर पारेर बराङ्दी क्रिकेट क्लबले बगनासकाली –१ चिलाङ्दी खेल मैदानमा आयोजना गरेको थियो ।
९ टीम सहभागी भएको खेलमा चिर प्रतिद्धन्द्धी करुवा क्रिकेट क्लबलाई ४ विकेटले पराजित गदै पिसीपीले उपाधी जितेको हो । पहिलो व्याटिङ गरेको करुवा क्रिकेट क्लबले १८.५ ओभरमा सबै विकेटको क्षतिमा १ सय २२ रन बनाउन सक्यो । उस्कालागि कप्तान नरबहादुर सार्कीले १७बलमा ३२ रनको परि खेले भने गोबिन्द रखालले १९ तथा मनिष न्यौपानेले १२ रन केशव पहराइ ११ रन जोडेपनि अन्य व्याटस् म्यानले रन जोड्न नसक्दा मध्यम स्कोरमा रोकिन पुगेको हो । पिसिपीका लागि कप्तान रुपेश बस्यालले ३ विकेट लिए भने, अजय बस्याल र बिमर्श दर्नालले समान २—२ विकेट लिए ।
१ सय २२ रनको मध्यम लक्ष्य पछाएको पिसिपीले १९ ओभरमा ६ विकेट क्षतिमा प्रतिस्प्रधात्मक जित निकाल्यो । उस्का लागि अजय बस्यालले ४१ बलमा ६१ रनको महत्वपूर्ण योगदान गरे भने कप्तान रुपेश बस्यालले १८ बलमा २२ रन र संचार तिमिल्सेनाले २९ बलमा १७ रनको योगदान गरे । एक समय ९ ओभर ५ विकेटको क्षतिमा ४८ रन हुदा जित कठिन देखिएको समयमा समालिदो पारि खेल्दै अजय बस्याल र संचार तिमिल्सेनाले ५१ बलमा ६९ रनको महत्वपूर्ण साझेदारी गरे,उक्त साझेदारीले पीसिपीको जित सुनिस्चीत गरेको हो । केसिसी लागि गोबिन्द रखाल,सागर सिलवालले समान २—२ विकेट लिए भने केशव पहराइ र हरि शर्माले १—१ विकेट लिए ।

उक्त खेलमा ४२ बलमा ६१ रनका बिस्फोटक पारी खेलेका पिसिपी अजय बस्याल म्यान दि म्याच घोषित भए । भने प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरेका केसिसीका कप्तान नरबहादुर सार्की बेष्ट ब्याड्स म्यान र म्यान अफ द सिरिज दुबै हात पारे भए उनले नगद ७ हजार मेडल र प्रमाण पत्र, एक थान मोवाइल सेट,गिफट्हयाम्पर हात पारे भने बेष्ट बोलिङको उपाधि पिसिपीका अर्पण अर्यालले हात पारे । उनले प्रतियोगिता भर ११ विकेट हात पारेका थिए ।

प्रतियोगिताको बिजेताले ३० हजार सहित सिल्ड तथा मेडल हात पारे भने उपबिजेताले २० हजारसहित मेडल प्राप्त ग¥यो । यस्तै प्रतियोगिता भर उत्कृष्ट खेलाडी र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कार वितरण समारोहमा बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद पाठकले खेलकुदको विकासमा पालिका निरन्तर लागेको बताउनु भएको छ । उहाँले बगनासकालीलाइ खेलकुदको हव बनाउन खेलकुद प्रतियोगिता संचालन गर्ने सहयोग गदै आएको उल्लेख गदै खेल मैदानलाइ स्तरोत्रन्ति गर्ने तयारी रहेको समेत बताउनु भएको छ । बगनासकाली गाउँपालिका ८ बराङ्दीका वडाध्यक्ष मातीलाल बस्यालले खेल मार्फत राष्ट्रको पहिचान बढाउन सफल भएकोमा खेलाडीलाइ बधाइ दिदै क्रिकेट खेल नियमीत संचालन गर्नका लागि लागि वडा कार्यालयले आवस्यक रकम सहयोग गर्न प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा बगनासकाली बहुउद्देश्यीय सहकारी ंसंस्थाका अध्यक्ष तथा सहयोगिदाता कृष्णप्रसादभुसाल खेलकुलको आयोजना गरि सफल्तापूर्वक सम्पन गर्ने आयोजकलाइ धन्यवाद ज्ञापन गदै युवाहरुको क्रियासिलता स्रहानीय रहेको बताउनु भयो ।

गत वर्षे देखि सुरु गरिएको प्रतियोगिता आगामीबर्ष पनि खेललाइ निरन्तरता दिने कार्ययोजना रहेको क्लबका अध्यक्ष श्रीधर न्योपानेले बताउनु भयो । उहाँले सहयोग गर्ने सम्पुर्णलाइ धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
प्रथम पुरस्कार सहयोग शिवासन धामका संस्थापक भिम बस्यालले गर्नु भएको थियो भने दोश्रो पुरस्कार र जर्सी गे्रस इन्टरेशनल बुटवलले प्रदान गरेको थियो । कार्यक्रममा शिवासन धाम बराङ्दीका अध्यक्ष केशव रायामाझी,सारदा भुसाल,मोवाइलघरका इन्द्रबहादुर सुर्यबशी,पत्रकार बिजय बौडेल सहित सल्लाहकारहरु,खेलप्रेमीलगाएतको सहभागिता रहेको थियो ।
खेलकुद प्रतियोगिता सम्पन गर्ने सहयोग गर्ने दाताहरुलगाएतलाई मायाको चिनो प्रदान गरिएको थियो । पुरस्कार वितरण समारोह क्लबका सल्लाहकार दयाराज न्यौपानेको संचालनमा चलेको हो ।























