दयाराज न्यौपाने
पाल्पा ६ कार्तिक ÷ बगनासकाली गाउँपालिका ३मा रहेको सिद्धि माध्यमिक विधालयमा १ दिने अभिभावक शिक्षा तथा स्काउट अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।


बगनासकाली गाउँपालिकाको सहयोग र स्थानीय स्काउट समितिको आयोजनामा कार्यक्रम गरिएको हो । शैक्षिक गुणस्तर वृद्धि गर्ने उदेश्यले १० वटा माध्यमिक विधालयमा कार्यक्रम सुरु गरिएको शिक्षा शाखा प्रमुख गुनाराम खनालले बताउनु भयो । उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले विधालयमा अध्ययन गर्ने बिद्यार्थी र उनिहरुको अभिभावक तथा शिक्षकलाई एकै ठाउँमा राखेर शिक्षाको सुधारका लागि कार्यक्रम गरिएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका ३ का वडाध्यक्ष तथा प्रवक्ता टीकाबहादुर थापाले पछिल्लो समय गुणस्तरीय शिक्षामा केही कमी आएको उल्लेख गदै पालिकाले गुणस्तरीय शिक्षा कायम गर्ने गरि नीतिगत रुपमै कामको थालनी गरेको बताउनु भएको छ । यसको लागि अभिभावक शिक्षा र स्काउटलाइ क्रियाशिल बनाएको बताउनु भएको थियो ।


विधालय व्यवस्थापन समिति अध्यक्ष मोहन थापाले शिक्षाको बारेमा सबैले चिन्तन गर्नु पर्ने बताउनु भएको छ । उहाले आफुले स्कुलमा निरन्तर निगरानी गर्ने गर्ने गरेको उल्लेख गर्दै पालिकाले नै शिक्षामा विशेष ध्यान दिन आग्रह गर्नु भएको थियो ।
विधालयका प्रधानाध्यापक धु्रव न्यौपानेले गाउँपालिकाले आयोजना गरेको स्काउट कार्यक्रम र अभिभावक शिक्षाले बिद्यार्थी र अभिभावक दुबैलाइ प्रत्येक्ष जोडेको बताउनु भएको छ ।


बगनासकाली गाउँपालिका स्थानीय स्काउट समितिका आयुक्त दयाराज न्यौपानेले बालबालीका र बिद्यार्थीहरुको विकासका लागि स्काउट शिक्षालाइ प्रतेक विद्यालयमा पु¥याउने बताउनु भयो । स्काउटका शिक्षाका विषयमा स्काउट प्रशिक्षक तथा स्थानीय स्काउट समितिका प्रमुख आयुक्त दयाराज न्यौपानेले सहजीकरण गर्नु भएको थियो ।भने अभिभावक शिक्षाका विषयमा गुनाराम खनाल र बिद्यार्थीहरुको सहज सिकाइका विषयमा बालमैत्री फोकल प्रशन नारायण तिमिल्सिनाले सहजीकरण गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0