दयाराज न्यौपाने
पाल्पा ७ कार्तिक ÷ खानीगाउँ माध्यमिक विधालयमा १ दिने अभिभावक शिक्षा तथा स्काउट अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

बगनासकाली गाउँपालिकाको सहयोग र स्थानीय स्काउट समितिको आयोजनामा कार्यक्रम गरिएको हो ।शैक्षिक गुणस्तर वृद्धि गर्ने उदेश्यले १० वटा माध्यमिक विधालयमा कार्यक्रम सुरु गरिएको शिक्षा शाखा प्रमुख गुनाराम खनालले बताउनु भयो । उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले विधालयमा अध्ययन गर्ने बिद्यार्थी र उनीहरुको अभिभावक तथा शिक्षकलाई एकै ठाउँमा राखेर शिक्षाको सुधारका लागि कार्यक्रम गरिएको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका उपाध्यक्ष एवं प्रमुख स्काउटर हरिप्रसाद पाठकले बाल बालिकाहरुलाइ कसरी अध्यनशील बनाउन सकिन्छ भन्ने आशयले कार्यक्रम संचालन गरेको उल्लेख गर्नुभएको छ । उहाँले असल अभिभावकविना असल पुस्ता तयार गर्न नसकिने बताउदै सबैले मनन् गर्ने हो भने सुधार गर्ने समय नलाग्ने बताउनु भएको छ । उहाँले स्काउट गतिबिधिलाइ सबै विद्यालयमा पु¥याउने गरि कार्यक्रम गरिएको समेत बताउनु भयो ।

कार्यक्रममा बिशिस्ट अतिथि वडा नम्बर ७ का अध्यक्ष गणबहादुर बुढाथोकीलेशिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय सम्बन्ध स्थापित गर्ने अभिभावक शिक्षा कार्यक्रम प्रभावकारी हुने विस्वास व्यक्त गर्नु भयो ।
बगनासकाली गाउँपालिका स्थानीय स्काउट समितिका प्रमुख आयुक्त दयाराज न्यौपानेले बिद्यार्थीहरुको विकासका लागि स्काउट शिक्षालाइ पहिलो चरणमा १०वडा माध्यमिक विधालय स्काउट संचालन गरिने बताउनु भयो । विद्यालका प्रधानाध्यापक तुल्सीराम पाण्डेले अभिभावक शिक्षाले नतिजा सुधारमा सकरात्मक प्रभाव पार्ने विस्वास व्यक्त गर्नु भयो ।

६ कक्षा देखि १० कक्षामा अध्ययन गर्ने विद्यार्थीहरु, अभिभावक,विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ सहित शिक्षकहरु सहभागी रहेको कार्यक्रममा स्काउट शिक्षाका विषयमा स्काउट प्रशिक्षक नेत्र गैरेले सहजीकरण गर्नु भएको थियो । अभिभावक शिक्षाका विषयमा शिक्षा शाखा प्रमुख गुनाराम खनाल र बिद्यार्थीहरुको सहज सिकाइका विषयमा बालमैत्री फोकल प्रशन नारायण तिमिल्सिनाले सहजीकरण गर्नु भयो ।





















