दयाराज न्यौपाने
पाल्पा कार्तिक ८÷स्याङ्जाको कालीगण्डकीमा वडा स्तरीय खुला क्रिकेट प्रतियोगिता हुने भएको छ ।
आदर्श युवा क्लब कालीगण्डकी ५ बेल्टारी स्याङ्जाको आयोजनामा यहीँ कार्तिक १३ गते देखि बेल्टारी खेलमैदानमा दोश्रो आदर्श कप खुला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो ।

प्रतियोगिताका लागि टीम दर्ता समेत सुरु भईसकेको खेल संयोजक कृष्ण न्यौपानेले बताउनु भयो ।
टीम दर्ताका लागि जिल्ला र जिल्ला बाहिरका वडाहरुमा समेत अनुरोध गरेका छौ ।आयोजक आदर्श क्लब अध्यक्ष राजु पाण्डेले भन्नु भयो” । वडागत रुपमा आउदा सहजता हुने विस्वास लिएका छौ । सोही कारण वडा स्तरीय खुला गरिएको उहाँले बताउनु भयो । अध्यक्ष पान्डेले “पछिल्लो समय ग्रामीण भेगमा देखिएको क्रिकेटको विकासलाइ समर्थन गदै खेलाडीहरुको विकास र उत्पादनका लागि आदर्श कप ल्याएका हौँ” । निरन्तर गरिने प्रतियोगिताले खेल मैदान निर्माणमा समेत दवाव पुग्ने विस्वास लिएको बताउनु भयो । प्रतियोगितामा प्रथम पुरस्कार पचास हजार नगद ,ट्रफी र प्रमाणपत्र र द्वितीय पुरस्कार पच्चिस हजार नगद ,ट्रफी ,मेड्ल र प्रमाणपत्र र उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गर्ने र प्रतेक खेलमा म्यान दि म्याच हुनेलाइ नगद र मायाको चिनो समेत प्रदान गर्ने निर्णय भएको आयोजकले जनाएको छ ।























