दयाराज न्यौपाने
पाल्पा कार्तिक ८ ÷ पाल्पा क्षेत्र नम्बर २ का माननीय सांसद ठाकुर गैरेले देशका लागि आवस्यक दक्ष जनशक्ति नेपालमै उत्पादन र व्यवस्थापन गर्नु पर्ने बताउनु भएको छ ।

ग्राम्य माध्यमिक विद्यालय बगनासकाली १ चिर्तुङधाराको ७३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहलाई गाप्टुङ्गमा सम्बोधन गर्दै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति समेत रहनु भएका सांसद गैरेले देशमा युवाशक्तिको खडेडी लाग्न थालेकोमा चिन्ता व्यक्त गदै अव देशभक्ति समेटीएको समाज बुझ्ने र नैतिक शिक्षालाइ समेत समेट्नु पर्ने बताउनु भएको छ ।

अहिले प्रतेकका घरमा विदेश जाने सल्लाह हुने गरेको उल्लेख गदै उहाँले यहीँपनी केही हुन्छ भन्ने भावमा सबैले काम गर्ने समेत आग्रह गर्नु भयो । २०२८ को शिक्षा नीतिले अव थेग्न नसक्ने बताउदै नेपालको शिक्षा सुधारका लागि केही समय मै प्रतिनिधिसभाबाट शिक्षा ऐन जारी गर्ने तयारी रहेको उँहाको भनाइ थियो ।


कार्यक्रममा बिशिष्ट अतिथि प्रदेश सांसद वीरबहादुर रानाले संघीय गणतन्त्र प्रस्चात पनि पुरानै परिपाठी रहेकोमा दुःख व्यक्त गदै आसन र भाषणलाइ निरुत्साहीत गदै जानुपर्ने बताउनु भएको छ । सामुदायिक विधालयमा देखिएको समस्या समाधानका लागि स्थानीय तहको भुमिका महत्वपूर्ण हुने समेत बताउनु भएको छ ।उहाँले भन्नू भयो गुणस्तरीय शिक्षा प्रदान गर्नु आजको आवस्यकता हो सोह िअनुसार लागन समेत आग्रह गर्नुृ भयो । बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले गुणस्तरीय शिक्षा प्रदानका लागि पालिकाले नीतिगत रुपमै कामको थालनी गरेको उल्लेख गर्नु भएको छ । उहाँले भन्नुभयो “ हामी शिक्षालाइ पहिलो प्रथमकितामा राखेर काम गरेका छौ“।


वार्षिकोत्सव समारोहमा विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गदै विद्यालयका प्रधानाध्यापक दयाराज कडँेलले १ करोड १६ लाख ३५ हजार रुपैयाँको आय व्याय विवरण प्रस्तुत गदै २८ बटा अक्षयकोष स्थापना मार्फत ६ लाख १ हजार रुपैया स्थापना भएको जानकारी गराउनु भएको थियो। उहाँले विद्यालयको भावि योजना प्रस्तुत गदै विगतदेखि भएको कामलाई नियाल्दै विद्यालयले आगामी दिनमा प्रविधि र जीवनोपयोगी सीपयुक्त शिक्षा दिन क्रियाशिल रहने उहाँको भनाइ थियो ।


समारोहमा बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक,शिक्षा विकास तथा समन्वय ईकाइ पाल्पाका प्रमुख प्रेमराज खरेल,बगनासकाली गाउँपालिका वडा नं १ का वडाध्यक्ष शेरबहादुर चिदी, शिक्षा शाखा प्रमुख गुनाराम खनाल,रामप्रसाद ढुङगाना,बिष्णु माविका प्रधानाध्यापक शिवराज आचार्य, अक्षयकोषदाता भरत न्यौपाने,पूर्व प्रधानाध्यापक प्रेम श्रेष्ठ,बिद्यार्थी पृजना चिदी,कपिल न्यौपाने लगायतले शिक्षाको विकास आजको आवस्यकता भएको बताउदै गुणस्तरीय शिक्षाका लागि अभिभावक र शिक्षकको भूमिका महत्त्वपूर्ण रहने कुरामा जोडदिदै बिद्यार्थीको संख्या घट्ने क्रम रहेको बताउदै निराकरणका लागि सबै लागि पर्नु पर्ने बताउनु भएको थियो ।हाल विद्यालयमा बाल विकासदेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा अध्ययन अध्यापन हुँदै आएको छ ।
वार्षिकोत्सव समारोहमा विद्यालयको जेहनदार बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरीएको थियो भने एस ई ईमा सफल भएका बिद्यार्थीहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो । त्यस्तै सहयोगीदाताहरु, विद्यालयका पुर्व शिक्षकहरु,कार्यरत शिक्षकहरु लागाएतलाइ सम्मान –पत्र दोसल्ला ओडाइल सम्मान गरिएको थियो । भने वर्षको उत्कृष्ट अभिभावकका रुपमा भिमबहादुर हिताङ्ग,खुमा गौतम र मनि पुलामीलाइ सम्मान –पत्र दोसल्ला ओडाइल सम्मान गरिएको थियो ।


कार्यक्रममा अभिभावक, समाजसेवी, चन्दादाता, विभिन्न संघ संस्थाका प्रतिनिधि, पूर्व शिक्षक, छिमेकी विद्यालयका प्रधानाध्यापक, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको बिचबिचमा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका कार्यक्रम संचालन गरिएको थियो। ,भने स्काउटका बिद्यार्थीहरुले पीटी प्रस्तुत गरेका थिए,भने विद्यालयमा कार्यरत शिक्षकहरुले समेत नृत्य प्रस्तुत गर्नु भएको थियो । वार्षिकोत्सवको अवसरमा शिक्षक,अभिभावकलगायतबाट ४ वटा अक्षयकोष मार्फत १ लाख रुपैयाँ संकल्न समेत भएको छ ।
समारोह शिक्षक बिष्णु ढुङ्गाना र उषा कुमालको संचालन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर डम्बरपालको अध्यक्षतामा समारोह चलेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0