दयाराज न्यौपाने
पाल्पा ९ कार्तिक ÷ चन्द्र माध्यमिक विधालय चापपानीमा १ दिने अभिभावक शिक्षा तथा स्काउट अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।बगनासकाली गाउँपालिकाको सहयोग र स्थानीय स्काउट समितिको आयोजनामा कार्यक्रम गरिएको हो ।


गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले विधालयमा अध्ययन गर्ने बिद्यार्थी र उनीहरुको अभिभावक तथा शिक्षकलाई एकै ठाउँमा राखेर शिक्षाको सुधारका लागि कार्यक्रम गरिएको शिक्षा शाखा प्रमुख गुनाराम खनालल बताउनु भयो ।


कार्यक्रमको प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका अध्यक्ष एवं स्थानीय स्काउट समितिका संरक्षक सरस्वती चिदीलेशैक्षिक गुणस्तर वृद्धि गर्ने उदेश्यले बिभिन्न कार्यक्रमहरु मध्ये आभिभावक शिक्षा र स्काउट कार्यक्रमलाइ माध्यमिक विधालयमा सूरु गरिएको बताउनु भएको छ ।


कार्यक्रमका बिशिष्ट अतिथि बगनासकाली गाउँपालिकाका उपाध्यक्ष एवं प्रमुख स्काउटर हरिप्रसाद पाठकले बाल बालिकाहरुलाइ कसरी अध्यनशील बनाउन सकिन्छ भन्ने आशयले कार्यक्रम संचालन गरेको उल्लेख गर्नुभएको छ । उहाँले स्काउट गतिबिधिले अनुशासन कर्तव्य निष्ठ बनाउन सहयोग पुग्ने बताउनु भयो ।


कार्यक्रममा बिशिस्ट अतिथि वडा नम्बर ९ का अध्यक्ष ठानेश्वर तिमिल्सेनाले शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय सम्बन्धलाइ बलियो बनाउन सहयोग पुग्ने बताउनु भयो । उहाँले कमि कमजोरी सुनाउने बानीको विकासले भएका समस्या समाधानमा सहयोग पुग्ने विस्वास व्यक्त गर्नु भयो ।

बगनासकाली गाउँपालिका स्थानीय स्काउट समितिका प्रमुख आयुक्त दयाराज न्यौपानेले बिद्यार्थीहरुको विकासका लागि स्काउट शिक्षालाइ पहिलो चरणमा १०वडा माध्यमिक विधालय स्काउट संचालन गरिने बताउनु भयो । चन्द्र माध्यमिक विद्यालका प्रधानाध्यापक यमबहादुर रास्कोटीले अभिभावक शिक्षाले नतिजा सुधारमा सकरात्मक प्रभाव पार्ने बताउदै कार्यक्रम संचालन हुने कुरा आफैमा महत्वपूर्ण रहेको बताउनु भएको थियो ।


६ कक्षा देखि १० कक्षासम्म अध्ययन गर्ने बिद्यार्थीहरु,अभिभावक,विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक सहित शिक्षकहरु सहभागी रहेको कार्यक्रममा स्काउट शिक्षाका विषयमा स्काउट प्रशिक्षक नेत्र गैरेले सहजीकरण गर्नु भएको थियो ।

अभिभावक शिक्षाका विषयमा शिक्षा शाखा प्रमुख गुनाराम खनाल र बिद्यार्थीहरुको सहज सिकाइका विषयमा बालमैत्री फोकल प्रशन नारायण तिमिल्सिनाले सहजीकरण गर्नु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0