पाल्पा कार्तिक १० ÷सहकारीको रकम अपचलन गर्ने जोकोही भएपनि कानुनी दायराबाट उम्कन नसक्ने बताउनु भएको छ । बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैटौँ साधारण सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले अहिले देखा परेका केही घटनाले सबैलाइ झक्झक्याएको उल्लेख गदै सहकारी राष्ट्रको मेरुदण्ड भएको बताउनु भएको छ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति समेत रहनु भएका गैरेले वन्यजन्तुको न्यूनीकरणका लागि संसदबाट कानुन संसोधन गर्ने आफू निरन्तर अभियानको रुपमा लागेको बताउनु भएको छ । सांसद गैरेले पाल्पामा बगनासकाली सहकारीले स्थानीय उत्पादन बढाउदै जनतालाई रोजगारी सृजना गरेकोमा समेत खुशी व्यक्त गर्नु भएको थियो ।आम जनताको आयमा वृद्धि गर्दै शुखी नेपाली समृद्ध नेपालको अवधारणा पूराहुने बिश्वास व्यक्त गर्नुभयो। विशिष्ट अतिथि बगनासकालीगाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले यो सहकारीले निरन्तर सफलता पाएको र पालिकाको गरिमा बढाएकोमा प्रशंसा गर्नु भएको थियो । उहाँले बगनासकाली गाउँपालिकाले दुग्ध बिक्रि गरेका किसाललाइ प्रति लिटर ५रुपैयाँ अनुदान दिदै आएको बताउदै विकास निमार्र्णमा पालिका निरन्तर लागि परेको बताउनु भएको थियो।कार्यक्रममा आर्थिक सुपरिवेक्षण समितिका संयोजक रबिलाल तिमिल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गदै सहकारीको शेयर सदस्यको संख्या १३ सय ५ पुगेको बाल बचत ३ सय ५० जना रहेको र ९करोड ४१ लाख २२ हजार कारोबार गरेको बताउँदै ८ लाख १८ हजार रुपैया सुद्ध नाफा गरेको बताउनुभयो ।


कार्यक्रममा संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गदै अध्यक्ष कृष्णप्रसाद भुसालले म संग मेरो बगनासकाली विकास र समृद्धिका लागि सहकारी नाराका साथ संस्थाले आय आर्जनको क्षेत्रमा लगानी बढाउदै जाने बताउनु भएको छ । उहाँले आधुनिक प्राविधिमार्फत कृषिको थालनी सुरु भएको बताउनु भएको छ । उहाँले दुग्ध संकल्न केन्द्र , कुरिलो पकेट क्षेत्र र अकबरे खुर्सानी सहित उत्पादनमा निरन्तर दिन,अदुवा खेतिलाइ प्राथमीकता दिने, सेयर सदस्यलाइ बिस्तार गर्ने,सहकारी एकिकरणलाइ निरन्तरता दिने बताउनु भएको छ । उहाँले आगामी दिनमा भैंसी श्रोत केन्द्र बनाउने जस्ता उत्पादनमा आधारित कामलाई निरन्तरता दिने बताउनु भएको छ। उहाँले युवालाइ नेपाल मै टीकाउन स्थानीय सरकार चनाखो बन्नु पर्नेमा समेत जोड दिनुभएको थियो ।

उहाँले सहकारी ठगीका घटना बढ्नु,लगानी गर्ने वातावरण नहुनुले निकै चुनौती थपेको बताउदै यसमा तीनै तहका सरकारको ध्यान जान जरुरी रहेको उल्लेख गर्नुभएको थियो ।
सभामा बगनासकाली गाउँपालिकाका सहकारी शाखा प्रमुख यादवराज न्यौपानेले सहकारीहरुको बेथिति बढेका बेला यो सहकारीले समाजमा आर्जेको बिश्वास निकै महत्वपूर्ण रहेको बताउनु भएको छ ।सभामा बगनासकाली ८ का वडाध्यक्ष मोतीलाल बस्याल,नेपाल निजामती कर्मचारी संगठनका पूर्व केन्दीय अध्यक्ष गणेशप्रसाद बस्याल,घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख श्यामकुमार पौडेल पूर्व वडाध्यक्ष गणेशप्रसाद बस्याल पस्चिमाञ्चल बस व्यवसायी प्रालि पाल्पाका  प्रमुख डोलराज भट्टराई,संस्थाका बरिष्ठ उपाध्यक्ष ताराप्रसाद घिमिरे,सेयर सदस्य सजना समरखाती लगाएतले सहकारीको मर्मलाई आत्म साथ गदै आय आर्जनको बाटोमा लगानीले मात्र उद्यमशिलतामा बढावा दिने बिश्वास व्यक्त गदै योजना निमार्णदेखी कार्यन्वयनका चरणसम्म निरन्तर लागिपर्नुपर्नेमा जोडदिनुभएको थियो।


संस्थाका सचिब कमलराज तिमिल्सेनाले युवाहरूलाई प्रोत्साहन गर्ने गरि कार्यक्रम निर्माण गरेको बताउनुभयो । उहाँले सामुहिक रुपमा ठुला फर्मलाइ प्रोत्साहन गर्ने पहल गर्ने,दुग्ध जन्य परिकारलाइ उत्पादनमा जोड दिने कार्यलाइ निरन्तरता दिने समेत बताउनु भयो ।


कार्यक्रमका अवसरमा व्यवसायीक रुपमा सफल उधमी गोपीकृष्ण गैरेलाइ मेगा पुरस्कारबाट सम्मानीत गरिएको छ । उधमी गैरेले यो बर्ष ३ हजार ६ सय ६६ लिटर दुध बिक्रि गरेको भन्दै नगद ११ हजार ११ सय ११ रुपैयाँ सहित सम्मानपत्रले सम्मान गरिएको हो । भने, दुध बिक्रीमै पशुपति भुषाललाइ नगद ३ हजार३ सय ३३ रुपैयाँ,सम्मान पत्र सहित सहित सम्मान गरेकोहो ।


त्यस्तै कार्यक्रममा ८४ बर्ष पूरा भएका ज्येष्ठ सेयर सदस्य ११ जनालाइ लौरो हर्लिस र दोसल्ला ओडाइ गरि सम्मान गरेको हो भने पत्रकार श्रीनगर टेलिभिजनकर्मी बिष्णुप्रसाद घिमिरे,फोटोग्राफर बिष्णु तिमिल्सेना,उत्कृष्ट कर्मचारी धु्रवप्रसाद पाण्डे,भविश्वर बस्याल,एकिकरण पूर्वका अध्यक्षहरु उमकला न्यौपाने र मोतिलाल बस्याल लेखकुमारी सौमै र पदाधिकारीहरु भगवान भुसाल,सीता भुसाल बिमला बस्याल,मिना बस्याल,हरिप्रसाद बस्याललाइ सम्मान पत्र र दोसल्ला ओडाइ सम्मान पत्रले सम्मान गरिएको थियो भने संस्थालाई सहयोग गरेका विभिन्न व्यक्तिहरुलाइ समेत सम्मान पत्र, र दोसल्लाले सम्मान गरीएकोथियो।

संस्थाका सेयर सदस्यहरुका छोराछोरी मध्येका कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने मनिष गैरे,श्रीष बस्याललाई सम्मान पत्र, र मायाको चिनोले सम्मान गरीएकोथियो। भने असल बचत कर्तामध्ये देवीप्रसाद न्यौपाने र कुसल ऋणि मध्ये थमकला न्यौपानेलाई सम्मान गरिएको थियो भने,कार्यक्रमको बिच बिचमा सास्कृतिक प्रस्तुति समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0